Suvadin, Home

मुसुक्क हाँस्दै शेखर काेइरालाले भने, 'पार्टी सभापतिकाे दाबेदारी स्वाभाविक हाे'

पार्टी सभापतिकाे चर्चाको सम्बन्धमा साेधिएकाे प्रश्नमा काेइरालाले मुसुक्क हाँस्दै भने, 'सभापतिकाे दाबेदारी स्वाभाविक हाे, राजनीतिक मान्छे भएकाले इच्छा राख्नु पनि स्वाभाविकै हो।'
नेपाली कांग्रेसका नेता शेखर काेइराला।

काठमाडाैं, ७ पुस – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर काेइरालाले पार्टीको अागामी महाधिवेशनमा सभापति पदका लागि उठ्ने संकेत गरेका छन्।

विराटनगरमा अायाेजित पत्रकार सम्मेलनमा पार्टी सभापतिकाे चर्चाको सम्बन्धमा साेधिएकाे प्रश्नमा काेइरालाले मुसुक्क हाँस्दै भने, 'सभापतिकाे दाबेदारी स्वाभाविक हाे, राजनीतिक मान्छे भएकाले इच्छा राख्नु पनि स्वाभाविकै हो।'

यसैगरी, कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गरेकाे छन्। उनले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक अाह्वान गर्न केन्द्रीय बैठक आवश्यक रहेको स्पष्ट पारेका हुन्। 

काेइरालाले अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको सांगठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै उनले अब पार्टीको सङ्गठन टोल–टोलसम्म पुर्याउनुपर्ने विषयमा जोड दिएका छन्। 

पार्टी भित्रैबाट अन्तर्घात भएका कारण आफु निर्वाचनमा पराजित भएको प्रसङ्ग उल्लेख गर्दै उनले त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

पत्रकारको जिज्ञासामा काेइरालाले कांग्रेस अब पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको सङ्गठनमा बढी केन्द्रित हुने स्पष्ट पारेका छन्। 

 


 

More form the Internet

loading...