Suvadin, Home
Nepal life 1.832M

प्रतिपक्षको भूमिकामा कांग्रेस कमजोरः कोइराला

उनले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने धारणा व्यक्त गरेका छन्। कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका कांग्रेसले निर्वाह गर्न नसकेको बताए।

चितवन, २२ असोज – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताएका छन्। 

उनले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने धारणा व्यक्त गरेका छन्। कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका कांग्रेसले निर्वाह गर्न नसकेको बताए।

उनले भने, 'नेपाली कांग्रेस अल्मलिएको हो कि भन्ने देखिन्छ।' उनले संसदीय दल कमजोर बनेको बताएका छन्। अर्काे एक प्रसङ्गमा उनले आगामी नेतृत्वको विषयमा कार्यकर्तासँग छलफल भइरहेको जनाएका छन्। नेपाल विद्यार्थी संघको उमेर हदका विषयमा पहिला छलफल नै नगरी बैठकमा ल्याएकाले समस्या देखिएको बताए। 


 

More form the Internet

loading...