Suvadin, Home

विप्लवलाई वार्तामा आउन कांग्रेस सभापति देउवाको आग्रह

प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताए। उनले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले दमन गर्न नहुने बताए।

पाल्पा, २ चैत – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन्। विप्लव नेतृत्वको नेकपालाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने सभापति देउवाको भनाई छ।

प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताए। उनले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले दमन गर्न नहुने बताए।

नेपाली कांग्रेस र प्रजातन्त्र पर्यावाची शब्द जस्तै रहेको बताउँदै उनले प्रतिपक्षका रुपमा रहेको कांग्रेस पार्टी रेलिङ्ग भाच्ने पार्टी नभएको बताए। नेपाली कांग्रेस हिन्दू धर्मको पक्षमा रहेको भन्ने सञ्चारकर्मीकोे प्रश्नमा देउवाले नेपाल संविधानको व्यवस्था मान्ने बताए।

उनले गिरिजाप्रसाद कोइरालको धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शङ्शाक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलेर केही नहुने बताए। 


 

More form the Internet

loading...