Suvadin, Home
Citizen Bank 466.6k

Cover Image

अधिनायकवाद शुरु गरिसकेः सभापति देउवा

उनले भने, 'सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ। अधिनायकवाद शुरु भइसक्यो। मनोमानी बढ्यो।' अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, 'अब विकास गर्छन्, अधिनायकवादको।' 

काठमाडाैं, वैशाख ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन्। भरतपुर विमानस्थलमा साेमबार पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए। 

उनले भने, 'सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ। अधिनायकवाद शुरु भइसक्यो। मनोमानी बढ्यो।' अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, 'अब विकास गर्छन्, अधिनायकवादको।' 

सरकारको १ सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताएका छन्। उनले व्यङ्ग्य गर्दै भने, 'शुरुकै कामबाट धड्काधड्की विकास भएको छ। कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन्।' 

उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताएका छन्। देउवाले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि कांग्रेस लडिरहने बताए। 


 

More form the Internet

loading...