Suvadin, Home

कांग्रेसलार्इ पूर्ण बहुमत, देउवा गरे यस्ताे खुलाशा!

देउवाले लाेकतन्त्र रक्षाका लागि अाफु र कांग्रेस पार्टी  निरन्तर लागिपरेकाले जनताले अाफ्नाे पक्षमा मत हाल्ने निर्धक्क भएकाे बताएका छन्। देउवाले भविष्यमा पनि जनताकाे हक हितका लागि लडिरहने बताएका छन्।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा।

काठमाडाैं, मसिंर १५ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा कांग्रेसले पूर्ण बहुमत ल्याउने बताएका छन्। 

पश्चिम नेपालकाे विभिन्न ठाउँमा चुनावी सभालार्इ सम्बाेधन गर्न व्यस्त रहेका प्रधानमन्त्री देउवाले कांग्रेसले बहुमत ल्याउने दावी गरेका हुन्।

देउवाले लाेकतन्त्र रक्षाका लागि अाफु र कांग्रेस पार्टी  निरन्तर लागिपरेकाले जनताले अाफ्नाे पक्षमा मत हाल्ने निर्धक्क भएकाे बताएका छन्। देउवाले भविश्यमा पनि जनताकाे हकहितका लागि लडिरहने बताएका छन्।

उनले वामपन्थीहरूले जति नै चलखेल गरेपनि जनता सधै अाफ्नाे पक्षामा रहेकाे उल्लेख गरेका छन्। धनगढी पुगेका देउवाले नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा शुक्रबार अायोजना गरेको पत्रकार सम्मेलनमा संक्षिप्त कुरा गर्दै  कांग्रेसको बहुमत आउनेमा शंका नगर्न आग्रह गरेका छन्।

उनले भने, 'निर्वाचनले देशभर उत्साह थपिएको छ, हाम्रो बहुमत स्पष्ट आउँछ, निश्चिन्त भएर मतदान गर्नुहाेस्।' प्रधानमन्त्री देउवाले शुक्रबार अाछाम र डोटीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्नेछन्।


 

More form the Internet

loading...