Suvadin, Home

संशोधन प्रस्ताव  पारित हुन्छ : सभापति देउवा 

तराई-मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसदसँग संशोधन प्रस्तावका सम्बन्धमा छलफल गर्न आइतबार बोलाइएको बैठकले जसरी भए पनि संशोधन पारित गर्नुपर्ने सुझाव दिएको हो। सांसदले प्रतिपक्षी नेकपा (एमाले)लगायत सबै दलसँग छलफल गरी संशोधन प्रस्ताव पारित गर्न सुझाव दिएको बैठकपछि सभापति शेरबहादुर देउवाले जानकारी दिएका छन्। 
सभापति शेरबहादुर देउवा। तस्बिर : रासस

काठमाडौं फागुन  १५ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  संविधान संशोधन प्रस्ताव जसरी भए पनि पारित हुने बताएका छन्। 

तराई-मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसदसँग संशोधन प्रस्तावका सम्बन्धमा छलफल गर्न आइतबार बोलाइएको बैठकले जसरी भए पनि संशोधन पारित गर्नुपर्ने सुझाव दिएको हो। सांसदले प्रतिपक्षी नेकपा (एमाले)लगायत सबै दलसँग छलफल गरी संशोधन प्रस्ताव पारित गर्न सुझाव दिएको बैठकपछि सभापति शेरबहादुर देउवाले जानकारी दिएका छन्। 

उनलले संशोधन प्रस्ताव पुरकको रुपमा नभएर पूर्ण रुपले पारित हुने विश्वास व्यक्त गरेका छन्। एक फरक प्रसङ्गमा सभापति देउवाले राजदूत नियुक्तिको विषय पार्टी केन्द्रीय समितिमा छलफल गर्न आवश्यक नरहेको बताएका छन्। 

बैठकमा सहभागी काँग्रेस नेता फरमुल्ला मन्सुरले प्रस्ताव ‘सम्पूर्ण तराई–मधेसका जनताको हितमा भएकाले’ प्रस्ताव पारित गर्न काँग्रेस एक ढिक्का भएर लाग्नेछ बताएका छन्। ‘मधेसी जनतालाई अधिकार सम्पन्न बनाउन र संविधानप्रतिको असन्तुष्टि समाप्त पार्न संशोधन आएकाले’ यसलाई जसरी भए पनि पारित गराउनुपर्ने निष्कर्षमा काँग्रेस पुगेको उनको भनाइ थियो।

पूरक पूस्तावका सम्बन्धमा नेता मन्सुरले सत्ता पक्ष सबै दलको सहमतिमा अघि बढ्ने धारणा व्यक्त गरेका छन। रासस 
 


 

More form the Internet

loading...