Suvadin, Home

उम्मेदवारहरुले गरे अाफैँलाइ भाेट

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारको निर्वाचनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेका छन्। संविधानसभा–२ मा आफैँलाई भोट हाल्न नपाएका नेपाली काँग्रेसका उम्मेदवार अर्थ राज्यमन्त्री उदयशमशेर राणाले यसपटक आफूलाई भोट हालेका हुन्।

ललितपुर, मंसिर २१ – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारको निर्वाचनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेका छन्। ललितपुरका पनि जिल्लामा ठूला दलका सबै उम्मेदवारले आफूलाई भोट हालेका छन्। 

प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेद्वारको मतदाता नामावलीमा नाम आफू प्रतिनिधिसभा र प्रदेशसभाकाे उम्मेदवार भएको क्षेत्रबाट आफैँलाई भोट हालेका हुन्। 

संविधानसभा–२ मा आफैँलाई भोट हाल्न नपाएका नेपाली काँग्रेसका उम्मेदवार अर्थ राज्यमन्त्री उदयशमशेर राणाले यसपटक आफूलाई भोट हालेका हुन्।

राणाले बिहान बाग्मती गाउँपालिकामा पर्ने घुसेल स्थित घुसेल माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका छन्। उनले यसअघि कुपण्डोलबाट मतदान गर्दै आएका थिए।

वाम गठबन्धनबाट उम्मेद्वारी दिएका पूर्व डिआइजी नवराज सिलवालले पनि गोदावरी नगरपालिका–३ मा रहेको किटिनी उच्च माध्यमिक केन्द्रबाट बिहान ७ बजे मतदान गरेका हुन्। 

क्षेत्र नम्बर–३ का दुई उम्मेदवारले एकै मतदानस्थलबाट मतदान गरेका छन्। माओवादी केन्द्रकी प्रवक्तासमेत रहेकी क्षेत्र नं ३ की वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसाल र नेपाली काँग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले राजतीर्थ सामुदायिक भवन बाट मतदान गरेका छन्। 

प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का काँग्रेस उम्मेदवार चन्द्र महर्जनले ललितपुर महानगरपालिका–४ मा रहेको भोलाढोका केन्द्रबाट मतदान गरेका छन्।

एमालेका उम्मेदवार कृष्णलाल महर्जनले च्यासल स्थित श्रमिक शान्ति उच्च माविबाट मतदान गरेका छन्। 

प्र्रदेशसभातर्फ क्षेत्र नम्बर–१ 'क' का काँग्रेस उम्मेदवार मीनकृष्ण महर्जनले चापागाउँको बज्रबारही उच्च मावि केन्द्रबाट र एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले चापागाउँकै वाणी विलास उच्च माविबाट मतदान गरेका छन्।

प्रदेश 'ख' मा ऋषि घिमिरेले चन्दनपुरको कालेश्वरी माविमा र माओवादी केन्द्रकी लालकुमारी पुनले भारदेउको कालेश्वरी उच्च माविमा मतदान गरे। 

क्षेत्र नम्बर–२ 'क' र 'ख' का उम्मेद्वार पवनविक्रम थापाले इमाडोलको महेन्द्रग्राम मावि र प्रेमकृष्ण महर्जनले मङ्काखल मतदान गरेका छन्। एमालेका प्रदेश सभाका उम्मेदवार माधव पौडेलले लामाटार वडा कार्यालय र ज्ञानेन्द्र शाक्यले महापालको बुबहालमा मतदान गरेका छन्। 

प्रदेशसभा ३ 'क' मा काँग्रेसका नवराज महतले नखिपोटको खेल मैदान र शिवराम महर्जनले भैँसेपाटीको जनउदय माविमा मतदान गरे। प्रदेश सभाका उम्मेद्वार एमालेका जीवन खड्काले भैँसेपाटीको महिला भवन र माओवादी केन्द्रका राजकाजी महर्जनले सुनाकोठी वडा कार्यालयमा मतदान गरेका थिए। 

जिल्लामा तीन प्रतिनिधिसभा सदस्यका लागि ४७ जनाको छ। र, प्रदेश सभा सदस्यका लागि ६३ जना उम्मेद्वार चुनावी मैदानमा छन्।


 

More form the Internet

loading...