Suvadin, Home

Cover Image

एमाले नेता शेरधन राई सवार गाडीमा बम प्रहार

भोजपुरमा एमाले नेता शेरधन राई सवार गाडीमा बम प्रहार भएको छ। वाम गठबन्धनकाे तर्फबाट भोजपुर क्षेत्र– २ मा उम्मेदवार बनेका एमाले नेता राई सवार गाडीमा बम प्रहार भएको खबर आएको भोजपुरका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले शुभदिनलाई जानकारी दिए।
बम प्रहारबाट क्षतिग्रस्त एमाले नेता शेरधन रार्इ सवार गाडी।

काठमाडौं, कात्तिक २८– भोजपुरमा एमाले नेता शेरधन राई सवार गाडीमा बम प्रहार भएको छ।

वाम गठबन्धनकाे तर्फबाट भोजपुर क्षेत्र–२ मा उम्मेदवार बनेका एमाले नेता राई सवार गाडीमा बम प्रहार भएको खबर आएको भोजपुरका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले शुभदिनलाई जानकारी दिए।

‘बम प्रहारबाट गाडीको सिसा फुटेको खबर आएको छ, प्रहरी घटनास्थल पुग्दैछ,’ प्रजिअ बरालले भने। उम्मेदवार राई भने सकुशल रहेका छन्। नेता राई  बा १५ ज ५६०८ नम्बरको गाडीमा अाज बिहान टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जाँदै थिए।

ट्याँम्के मैयुम नगरपालिकाका–६ कोटस्थित गुम्बामा अपरिचित समूहले राई सवार गाडीमा बम हानेको बताइएको छ। सुरक्षामा खटिएका असईले उनीहरुमाथि गोली प्रहार गरेका थिए।

विप्लव नेतृत्वको नेकपाका नाममा केही दिन अघि मात्र निवर्तमान गृहमन्त्री एवं विनाविभागीय मन्त्री जनार्दन शर्मा र माओवादी नेता वर्षमान पुन लक्षित बम आक्रमण भएकाे थियाे।


 

More form the Internet

loading...