Suvadin, Home

Cover Image

'महाकाली नदीको उद्‍गम स्थलभन्दा पश्चिमी भूभाग नेपालकै हो'

नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले महाकाली नदीको उद्‍गम स्थलभन्दा पश्चिमी भूभाग नेपालको रहेको बताएका छन् ।

कन्चनपुर । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले महाकाली नदीको उद्‍गम स्थलभन्दा पश्चिमी भूभाग नेपालको रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कन्चनपुर शाखाले शनिबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापती देउवाले उक्त कुरा बताए । 

वर्तमान दुई तिहाइको ओली सरकार सीमा मिचिँदा समेत मौन रहेको बताए । कालापानी क्षेत्र नेपालको रहेको बताउँदै उनले उक्त नाका त्रिदेशिय नाका रहेकाले वार्ताको माध्यमबाट समाधान खोजिनु पर्ने बताएका हुन् । उनले चाँडो भन्दा चाँडो सरकारलाई भारतसँग सम्बाद थाल्न आग्रह गरे ।


 

More form the Internet

loading...