Suvadin, Home

राष्ट्रवादको पाठ पढाउन जरुरी छैनः सभापती देउवा

नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधि सभाको छलफलमा भाग लिँदै विपक्षी दलका नेता एवम् काग्रंसको सभापती देउवाले हिमाल, पहाड र तराईमा बस्ने तथा विदेशमा बसोबास गर्ने सबै नेपाली राष्ट्रवादी भएको बताए। उनले भने, ‘उनीहरुमाथि राष्ट्रवादको पाठ पढाउन जरुरी छैन।’

काठमाडौं, ९ जेठ – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले राष्ट्रवादबारे पाठ नपढाउन सरकारलाई आग्रह गरेका छन्।

नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधि सभाको छलफलमा भाग लिँदै विपक्षी दलका नेता एवम् काग्रंसको सभापती देउवाले हिमाल, पहाड र तराईमा बस्ने तथा विदेशमा बसोबास गर्ने सबै नेपाली राष्ट्रवादी भएको बताए। उनले भने, ‘उनीहरुमाथि राष्ट्रवादको पाठ पढाउन जरुरी छैन।’

उनले मुलुकको हितलाई ध्यानमा राखेर नीति तथा कार्यक्रम नआएको दावी गरे। सभापती देउवाले राजनीतिक आन्दोलनका उपलब्धीलाई नजरअन्दाज गरिएको अारोप समेत लगाएका छन्। उनले भने ‘नीति छन् तर कार्यक्रम छैनन्। खोई त सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम। एक वर्षमा यति गर्नेछु भनेर कही पनि लेखिएको छैन। सरकारलाई कर्मकाण्डी बन्ने छुट छैन।’

दिशाहिन र छरपस्ट नीति दिवा सपना मात्र हुने उनको तर्क छ। सभापती देउवाले भने ‘पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर बनाउने नाममा के लक्ष्य पुरा हुनेछन्? अहिलेको संरचनामा अभूतपूर्ण चुस्तता नल्याइ परिवर्तन सम्भव छैन्।’

नेपाल कम्युनिष्ट पार्टीकी सांसद ओनसरी घर्तीले नीति तथा कार्यक्रम स्वागतयोग्य भएको बताइन्। नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले नीति तथा कार्यक्रमलाई प्राथमिकता विहीन दस्तावेजको संज्ञा दिए।


 

More form the Internet

loading...