Suvadin, Home

सभापति देउवाद्वारा विमान दुर्घटनाका घाइतेकाे स्वास्थ्य अवस्थाबारे जानकारी

सभापति देउवा मङ्गलबार सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। पूर्व प्रधानमन्त्री देउवाले घाइतेसँगको भेटमा स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुस्याई नगर्न सरकारसँग आग्रह गरे।

काठमाडौं, फागुन २९–  नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सभापति देउवा मङ्गलबार सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। पूर्व प्रधानमन्त्री देउवाले घाइतेसँगको भेटमा स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुस्याई नगर्न सरकारसँग आग्रह गरे।

उनले दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारका साथै आवश्यक क्षतिपूर्ति दिलाउन सरकारसँग पहल गर्ने बताएका छन्। “उपचारमा कुनै कमी आउन नदिन र आवश्यक क्षतिपूर्तिका लागि सरकारसँग आजै पहल गर्छु,”– उनले भने।

विमान सोमबार दिउँसो १४.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटना भएको थियो। 


 

More form the Internet

loading...