Suvadin, Home
Nepal life 1.817M

विकास र समृद्धिको बाटो हिँडेर समाजवादमा पुग्ने लक्ष्य छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन्। भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै प्रचण्ड अब विकास र समृद्धिको बाटो हिँडेर समाजवादमा पुग्ने लक्ष्य रहेको बताएका हुन्।
पुष्पकमल दाहाल प्रचण्ड।

चितवन, ३० जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन्। 

भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै प्रचण्ड अब विकास र समृद्धिको बाटो हिँडेर समाजवादमा पुग्ने लक्ष्य रहेको बताएका हुन्।

स्थानीयबासी शिवहरि तिमिल्सिना वि.सं. २०६० फागुन १७ गते रुपन्देहीमा र रामकृष्ण तिमिल्सिना २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए। उनीहरुकै नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो।


 

More form the Internet

loading...