Suvadin, Home

Cover Image

राजापाक्ष श्रीलंकाको आठौं राष्ट्रपतिमा निर्वाचित

श्रीलंकाको आठौं राष्ट्रपतिको रुपमा गोतव्या राजापाक्ष निर्वाचित भएका छन् ।

कोलम्बो । श्रीलंकाको आठौं राष्ट्रपतिको रुपमा गोतव्या राजापाक्ष निर्वाचित भएका छन् ।

श्रीलंकाको वहुमत सिन्हाला समुदायको प्रतिनिधित्व गर्ने नेता गोतव्या अरु ३४ जना उम्मेद्वारलाई पछि पार्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा महिन्दा, गोतव्या लगायत ३५ जना उम्मेद्वार थिए । राजापाक्ष पूर्व राष्ट्रपति महिन्दा राजापाक्षका भाइ हुन् । 

७० वर्षीय राजापाक्ष आफ्ना दाइ महिन्दा राष्ट्रपति छँदा रक्षा सचिवको भुमिकामा थिए । त्यसैबेला महिन्दाको नेतृत्वमा विद्रोही तामिल टाइगर्स पराजित भएको हो । श्रीलंकामा श्रृंखलावद्ध हमला भएको सात महिनापछि हिजो आइतबार राष्ट्रपतिको निर्वाचन भएको हो ।


 

More form the Internet

loading...