Suvadin, Home

सिन्धुपाल्चोकमा मतगणनास्थल बढाइयो

सिन्धुपाल्चोकमा मतगणनाको नतिजा छिटो ल्याउन दुवै प्रतिनिधि सभाको मतगणना दुई–दुई ठाँउमा शुरु गरिएको छ। बिहान साढे १० बजेपछि चार स्थानबाट मतगणना भइरहेको छ।
काठमाडाैंमा जारी मतगणना। तस्वीरः रासस

सिन्धुपाल्चोक, मंसिर २२ – सिन्धुपाल्चोकमा मतगणनाको नतिजा छिटो ल्याउन दुवै प्रतिनिधि सभाको मतगणना दुई–दुई ठाँउमा शुरु गरिएको छ। बिहान साढे १० बजेपछि चार स्थानबाट मतगणना भइरहेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्यको मतगणना २४ देखि ३० घण्टाभित्र सक्ने गरी बिहीबार पाँच बजेबाट मतगणना थालेको थियो।

दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको एक एक स्थानबाट मतगणना हुँदै आएकोमा अहिले अरु एक एक गणनास्थल थपिएको छ।

मुख्य निर्वाचन अधिकृत दीपक खनालका अनुसार मतगणना तीव्र भए पनि निर्धारित समयभित्र अन्तिम नतिजा सार्वजनिक गर्न मुस्किल देखिएकाले गणनास्थल बढाइएको हाे।

जिल्लामा १ लाख ५६ हजार ७ सय ४६ मत खसेको छ। निर्वाचन क्षेत्र नम्बर १ मा ७८ हजार ७ सय ४९ र क्षेत्र नम्बर २ मा ७७ हजार ९ सय ९७ मत खसेको छ।

सिन्धुपाल्चोकको अहिलेसम्मको मतगणनाको प्रारम्भिक नतिजामा

सिन्धुपाल्चोक प्रतिनिधि सभा–१ मा नेपाली कांग्रेसले प्राप्त मत ११०८३, माओवादी केन्द्रले प्राप्त मत १४०५४, कुल गनिएको मत ८१५१ रहेको छ र १९५७ मत बदर भएको छ।

सिन्धुपाल्चोक प्रतिनिधि सभा–२ मा नेकपा एमालेको प्राप्त मत १३२३२ छ। राप्रपा प्रजातान्त्रिकको प्राप्त मत १२२२५ छ। यस क्षेत्रमा कुल २८६१६ मत गनिएको छ। २२२२ मत बदर भएको छ।


 

More form the Internet

loading...