Suvadin, Home

संघीय समाजवादी महिला फाेरम अध्यक्षकाे कर्मकथा
दाइजाेका नाममा महिलामाथि हुने विभेद अन्त्य गर्न संघर्षरत निर्मला यादव

समाजप्रतिकाे दायित्वका कारण परिवारभन्दा पनि राजनीतिलाई बढी समय दिन परिरहेकाे यादवकाे प्रष्टाेक्ति छ। 'परिवारभन्दा बढी समाजलाई समय दिएँ,' उनले भनिन्, ‘तर, म खुशी छु, राजनीतिमा लागेपछि धेरै नागरिककाे सेवा गर्ने माैका मिल्याे, अहिले म आफूलाई भाग्यमानी ठानेकी छु।’
संघीय समाजवादी फाेरम नेपालकी केन्द्रीय सदस्य निर्मला यादव।

काठमाडौं, भदौ २० – वि.सं. २०७० सालको संविधानसभाको निर्वाचनका लहरले तरार्इ-मधेशदेखि हिमाल, पहाडसम्म नै चलिरहेकाे थियाे। शहरदेखि गाउँसम्म नै संविधानसभाको चुनावकाे प्रचार तीव्र रुपमा चलिरहेकाे थियाे।

चुनावी माहाेलले संघीय समाजवादी महिला फाेरम नेपालकी केन्द्रीय अध्यक्ष निर्मला यादवकाे व्यस्तता पनि निकै बढेकाे थियाे। राष्ट्रकाे अग्रगामी संविधान निर्माण गर्ने जनप्रतिनिधि छान्न हुने निर्वाचनकाे तयारीमा लागेकी निर्मला छाेराकाे हात भाँचिएर अस्पतालमा भर्ना गर्दापनि समय दिन पाइनन्। 

'छोराको हात भाँचिएर अस्पतालमा भर्ना गरेको छ भनेर फोन आयो,' उनले भनिन्, ‘तर, पार्टीको कामका कारण मैले छाेराकाे उपचारमा समय दिन पाइनँ।' लामाे समयदेखि राजनीतिमा सक्रिय निर्मलाले परिवारलार्इ समय दिन पनि पाउँदिनन्।

उनकी छाेरीले परिवारकाे व्यवस्थापन गर्न सिकिसकेकी छिन्। संघीय समाजवादी फाेरम नेपालकी केन्द्रीय सदस्य समेत रहेकी निर्मलालार्इ समाजसेवा र राजनीतिक जिम्मेवारीले अत्यन्तै व्यस्त बनाएकाे छ। 

छोराछोरीप्रति आमाको माया, स्नेह जिम्मेवारी रहने भएपनि समाजप्रतिकाे दायित्वका कारण परिवारभन्दा पनि राजनीतिलाई बढी समय दिन परिरहेकाे यादवकाे प्रष्टाेक्ति छ।

वि.सं. २०५५ सालमा बैवाहिक बन्धनमा बाँधिएपछि मात्रै निर्मलाले राजनीतिक यात्रा शुरू गरेकी हुन्। राजनीति होमिएकी निर्मलालार्इ परिवारका सदस्यले पनि साथ दिएका छन्।

'परिवारभन्दा बढी समाजलाई समय दिएँ,' उनले भनिन्, ‘तर, म खुशी छु, राजनीतिमा लागेपछि धेरै नागरिककाे सेवा गर्ने माैका मिल्याे, अहिले म आफूलाई भाग्यमानी ठानेकी छु।’

काठमाडौंमा पढाईसँगै निर्मला शिक्षण सेवामा संलग्न भएकी थिइन्, उनले त्यति बेलै राजनीति शुरु गरेकी थिइन्।

बाल्यावस्था र अध्ययन

बुवा भगवानदत्त यादव र आमा प्रभा यादवकी सुपुत्रीका रुपमा सिराहा जिल्लामा वि.सं. २०३४ साल मंसिर ५ गते निर्मला यादवको जन्म भएको हो। बाल्यावस्थादेखि निर्मलामा राजनीति गर्ने रुची थियो।

तर, पारिवारिक पृष्ठभूमि राजनीतिमा थिएन। बुवा सरकारी जागिरे भएकाले निर्मलाको बाल्यकालको शिक्षा विभिन्न जिल्लामा भयो। वि.सं. २०५० सालमा तुलसीलाल जनता स्कूलबाट उनले एसएसी पास गरिन्।

त्यसपछि पढाईका लागि काठमाडौं आइन्। काठमाडौंको पाटन क्याम्पसबाट वि.सं. २०५१ मा विज्ञान संकायमा प्रविणता प्रमाणपत्र तह र २०५३ मा स्नातक तहसम्मको पढाई पूरा गरिन्।

शिक्षक पेशाको अनुभव

काठमाडौंमा पढाईसँगै निर्मला शिक्षण सेवामा संलग्न भएकी थिइन्। निर्मलाले त्यतिबेलै राजनीति शुरु गरेकी थिइन्। काठमाडौंमा रहँदा हाइल्याण्ड इङ्लिस बोर्डिङ स्कूल र लिटिल बुद्ध बोर्डिङ स्कूलमा ५ वर्ष शिक्षक भएर काम गरिन्। त्यसपछि मात्रै निर्मलाले शिक्षक पेशा छाडेर राजनीतिमा लागेकी हुन्। 

संघीयता, समाजवादी र समानुपातिक एजेण्डाबाट प्रभावित भएर आफू राजनीतिमा होमिएको यादव बताउँछिन्। मधेश आन्दोलनका क्रममा नेतृत्व गर्दा प्रहरीले दुई पटक गिरफ्तार गरेको निर्मला बताउँछिन्।

राजनीति यात्रा 

सिराहा क्षेत्र नम्बर–६ मा घर भएकी निर्मलालार्इ बाल्यकालदेखि नै राजनीति गर्ने रुची थियो। तर, माहाेल मिलेन। कलेजमा पढ्दा पनि राजनीतिमा खुलेर लागिनन्।

महिला माथि हुने दमन, अत्याचार, त्यसैमा पनि मधेशी महिला हरेक कुरामा बञ्चित भएकाले समाजका निम्ती केही गर्छु भन्ने धारणाका साथ वि.सं. २०६३ पछिको मधेश आन्दोलनबाट स्थापित मधेशी जनअधिकार फोरम (अहिलेकाे संघीय समाजवादी फाेरम)बाट निर्मलाको राजनीति यात्रा शुरु भएको हो।

संघीय समाजवादी फोरमको संघीयता, समाजवादी र समानुपातिक एजेण्डाबाट प्रभावित भएर आफू राजनीतिमा होमिएको यादव बताउँछिन्। मधेश आन्दोलनका क्रममा नेतृत्व गर्दा प्रहरीले दुई पटक गिरफ्तार गरेको निर्मला बताउँछिन्।

मधेश आन्दोलनमा मात्रै नभएर काठमाडौंमा महिला अधिकारका क्षेत्रमा बोल्दा प्रहरीको लाठी खानु परेको उनले बताइँन्। काठमाडौंमा आन्दोलनका क्रममा झोलामा ढुंगा बोकेर हिँड्दा प्रहरीको फन्दामा परेकी थिइन्।

मधेशी जनअधिकार फोरममा विभिन्न जिम्मेवारी हुँदै उनी अहिले संघीय समाजवादी फोरमकी केन्द्रीय सदस्य तथा पार्टीको महिला संगठन संघीय समाजवादी महिला फोरमकी अध्यक्ष छिन्।

समाजमा महिलामाथि हुने अन्याय अत्याचारका विरुद्ध महिला स्वयम् सशक्त, जागरुक र शिक्षिक हुन आवश्यक रहेको यादव बताउँछिन्। 

समाज परिवर्तनका लागि लड्दै निर्मला

समाज परिवर्तनका लागि आफूले राजनीति शुरु गरेको बताउँदै आएकी निर्मला मधेशी र अन्य समुदायका महिलाको उत्थानका लागि लड्दै आएकी छन्।

'मधेशमा राज्यकाे पहुँच छैन, त्यसमा पनि मधेशमा महिला उत्पीडनमा परेकाले छन्,' उनले भनिन्, ‘महिलाकाे अधिकारकाे पक्षमा आवाज उठाउँदै आएकी छु।’

महिलाका क्षेत्रमा आन्दोलन गर्दा अहिले हकअधिकार स्थापित भएकाे निर्मलाले बताएकी छिन्। उनीले भनिन्, ‘जुन लक्ष्यमा पुग्नुपर्ने थियो, त्यो लक्ष्यमा अझै हासिल भएकाे छैन।’

महिलाहरुको सशक्तीकरण, उत्थान, महिलाकाे विकास लागि लडिरहने उद्घाेष उनले गरेकी छिन्।

'मधेशमा दाइजो प्रथाबाट महिलाले विभिन्न पीडा भोग्नुपरेको थियो,' उनले भनिन्, ‘अहिले महिलामा चेतना आएकाे छ, विस्तारै याे समस्या कम हुँदै गएको छ।’ समाजमा महिलामाथि हुने अन्याय अत्याचारका विरुद्ध महिला स्वयम् सशक्त, जागरुक र शिक्षिक हुन आवश्यक रहेको यादव बताउँछिन्। 

राजनीतिमा महिला

हरेक पार्टीमा महिलाको अवस्था राम्रो नभएपनि सन्तोषजनक रहेको निर्मला बताउँछिन्। विगतमा महिला कमै मात्र राजनीतिमा लागेकाे बताउने निर्मला विस्तारै शिक्षित महिलाकाे संख्या र राजनीतिमा पहुँच बढ्दै गएकाे बताउँछिन्।

र, जागरुक हुँदै गएपछि हरेक पार्टीका महिलाको अवस्था राम्राे हुने उनकाे धारणा छ। 'राजनीति जागिर गरे जस्तो सजिलो छैन, राजनीति समाजसेवा हाे,' निर्मलाले भनिन्, ‘रातदिन संघर्ष गरेर मात्रै राजनीतिक रुममा सफल बन्न सकिन्छ।’

युवाहरु राजनीतिमा सशक्त रुपमा अघि बढिरहेकाे उनले बताइन्। 'राजनीतिमा युवा पुस्ताको अागमन सकारात्मक छ,' नेतृ यादवले भनिन्, ‘समस्या बुझेका युवाले समाधानकाे बाटाे पनि खाेज्न जानेकाे हुन्छ, त्यसैले देशको समुन्नति पनि युवाकै नेतृत्वमा सम्भव हुन्छ।'

देशको विकासका लागि विगतदेखि नै लड्दै आएको अध्यक्ष यादव नेपाली महिलासँग विश्व हाँक्न सक्ने ताकत रहेकाे बताउँछिन्।

निर्मलाकाे विकाससम्बन्धी एजेण्डा

देशको विकासका लागि विगतदेखि नै लड्दै आएको अध्यक्ष यादव नेपाली महिलासँग विश्व हाँक्न सक्ने ताकत रहेकाे बताउँछिन्। 'राजनीतिमा लाग्नुकाे कारण पनि महिला सशक्तीकरण नै हाे,' उनले भनिन्।

राज्य सञ्चालनकै जिम्मेवारी अाएपनि बहन गर्न सक्ने उनकाे विश्वास छ। उनले समुदाय लक्षित कार्यक्रम, स्वास्थ्य, शिक्षा तथा अन्य अाधारभूत अावश्यकतामा जाेड दिने पनि बताएकी छिन्।

उनले भनिन्,‘अन्य क्षेत्रभन्दा पनि महिलालाई अार्थिक पहुँचमा ल्याउन अावश्यक छ।’ हरेक व्यक्तिले ठूलो सपना लिएर काम गर्ने होइन, सानो सपना बोकेर काम अगाडि बढेमा मात्रै समुन्नति हासिल हुने उनी बताउँछिन्। उनले नेपाल कृषि प्रधान देश भएकाले कृषिलाई आधुनिकीकरण गर्नु पर्नेमा जाेड दिएकी छिन्।

सिराहाको विकासका लागि एजेण्डा

सिराहा जिल्लामा कृषिमा आधुनिकीकरण गर्ने योजना रहेको निर्मलाले बताएकी छिन्। 'ग्रामीण क्षेत्रमा अझै पनि महिला स्वास्थ्यको पहुँचसम्म पुग्न सकेका छैनन्,' उनले भनिन्,‘महिलालाई स्वास्थ्यको पहुँच पुर्याएमात्रै परिवार स्वास्थ्य हुनसक्छ।'

सिराहा जिल्लाका ग्रामीण क्षेत्रमा सडक विस्तार नहुँदा आवतजावतमा समस्या भएकाले त्यसको विकासका लागि स्थानीयदेखि केन्द्रसम्म पहल गर्ने निर्मला यादवले बताएकी छिन्। मधेशी तथा दलित महिला उत्थानका लागि विशेष कार्यक्रमका लागि पहल गर्ने योजनामा उनी रहेकी छिन्।


 

More form the Internet

loading...