Suvadin, Home

डा. केसीको मामिलामा सत्ताधारी र विपक्षी दुवै दोषीः विवेकशील साझा पार्टी

‘सत्याग्रही डा. गोविन्द केसीको अनशन त्यस्तो बिन्दूमा पुगेको छ जहाँ उनको जीवनरक्षा सबैभन्दा प्रधान विषय बनेको छ। समाजवादको एउटा प्रमूख खम्बा नै स्वास्थ्यसेवालाई राज्यको दायित्वको रूपमा ग्रहण गर्नु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, त्यही मागका लागि १५ पटक अनसन बसिसकेका डा. केसीप्रति आफूलाई समाजवादी भन्ने सरकारले जस्तो रवैया प्रस्तुत गरेको छ, त्यसले अपराधको रेखा छुन आँटेको छ। यसै शिलशिलामा, सरकारले देखाएको दम्भ र अमानवीय बल प्रयोग निन्दनीय छ।’
प्रा.डा. गोविन्द केसी।

काठमाडौं, ३ साउन – विवेकशील साझा पार्टीले प्रा.डा. गोविन्द केसीको सत्याग्रहमा भएको सरकारी हस्तक्षेपको निन्दा गरेको छ। पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा प्रा.डा. केसीको मागका विषयमा सरकारले देखाएको दम्भ र अमानवीय बल प्रयोग निन्दनीय रहेको टिप्पणी गरेको हो।

‘सत्याग्रही डा. गोविन्द केसीको अनशन त्यस्तो बिन्दूमा पुगेको छ जहाँ उनको जीवनरक्षा सबैभन्दा प्रधान विषय बनेको छ। समाजवादको एउटा प्रमूख खम्बा नै स्वास्थ्यसेवालाई राज्यको दायित्वको रूपमा ग्रहण गर्नु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, त्यही मागका लागि १५ पटक अनसन बसिसकेका डा. केसीप्रति आफूलाई समाजवादी भन्ने सरकारले जस्तो रवैया प्रस्तुत गरेको छ, त्यसले अपराधको रेखा छुन आँटेको छ। यसै शिलशिलामा, सरकारले देखाएको दम्भ र अमानवीय बल प्रयोग निन्दनीय छ।’

वर्तमान स्थिति आउनमा अहिलेका सत्ताधारी दलहरू जिम्मेवार रहेको उल्लेख गर्दै विज्ञप्तिमा त्यत्ति नै जिम्मेवार प्रमुख प्रतिपक्षी नेपाल कांग्रेस पनि रहेको बताएइएको छ। उदारीकरणका नाममा कसिलो नियमन बिना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गरेर त्यसलाई नाफाखोर व्यापारीहरूको हातमा पुर्याउने कार्यमा विगतमा नेपाली कांग्रेसको सरकारको प्रमुख भूमिका रहेको ठहर विवेकशील साझा पार्टीले गरेको छ।

‘अहिले नेपाली कांग्रेस पानीमाथिको ओभानो बन्न खोज्नुको कुनै अर्थ छैन, डा. केसीका १५ मध्ये ७ वटा अनशन नेपाली कांग्रेस नेतृत्वकै सरकारको पालामा भएका थिए र सबैभन्दा लामो २३ दिनको अनशन पनि नेपाली काँग्रेसकै शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएको थियो,’ प्रवक्ता आचार्यले विज्ञप्तिमा भनेका छन्।

‘कल्याणकारी लोकतन्त्र’लाई पार्टीको मूल दर्शनका रूपमा अपनाएको विवेकशील साझा पार्टी, शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको दायित्व हो भन्नेमा विश्वास गर्ने उल्लेख गर्दै आचार्यले विवेकशील साझा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दुबैलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्वीकार्न चुनौति दिएका छन्।

र, त्यसतर्फको प्रारम्भिक कदमका रूपमा डा. केसीले विपन्न नेपालीले पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनु पर्छ भनि राखेको माग पूरा गर्न आह्वान गर्दै आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी सरकारमा रहेकाले हाललाई त्यसको मूख्य दायित्व उनीहरूमै निहीत रहन्छ तर कम्युनिस्ट पार्टीजस्तै आफूलाई समाजवादी भन्ने नेपाली कांग्रेस पनि सो दायित्वबाट भाग्न सक्दैन।’

डा. केसीको जीवन तलमाथि भएको खण्डमा मूलरूपमा सत्ताधारी दल र विगतमा उनका मागहरू सम्बोधन गर्न नसक्ने प्रमूख प्रतिपक्षी दल एकजना सत्याग्रहीको जीवन समाप्त पारेको दोषबाट मुक्त नहुने चेतावनी विवेकशील साझा पार्टीले दिएको छ।


 

More form the Internet

loading...