Suvadin, Home

देशैभर गुञ्जियाे – 'म पनि डा. केसी, मलार्इ पनि पक्राउ गर!' यस्ताे छ भाेलिकाे कार्यक्रम

प्रा.डा. केसीकाे अामरण अनशन र उठाएका मागकाे समर्थनमा देशव्यापी अान्दाेपन शुरू भएकाे हाे। काठमाडाैंसँगै पाेखरा, विराटनगर, बिर्तामाेड, जनकपुर, चितवनदेखि नेपालगञ्जसम्म अान्दाेलन भएकाे छ। 
प्रा.डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्दै बीर अस्पतालका चिकित्सक। तस्वीरः रत्न श्रेष्ठ/रासस

काठमाडाैं, २५ पुस – प्रा.डा. गाेविन्द केसीलार्इ अदालतकाे अवहेलना गरेकाे अभियाेगमा पक्राउ गरिएलगतै राष्ट्रव्यापी रुपमा अान्दाेलन शुरू भएकाे छ।

प्रा.डा. केसीकाे अामरण अनशन र उठाएका मागकाे समर्थनमा देशव्यापी अान्दाेपन शुरू भएकाे हाे। काठमाडाैंसँगै पाेखरा, विराटनगर, बिर्तामाेड, जनकपुर, चितवनदेखि नेपालगञ्जसम्म अान्दाेलन भएकाे छ। 

यसैबीच, साेलिडारिटी फर डा. गाेविन्द केसी एलायन्सले बुधबारका लागि अान्दाेलनका कार्यक्रम तय गरेकाे छ। डा. अभिषेक राज सिंहका अनुसार डा केसीको समर्थनमा बुधबार दिउँसाे १ बजे माइतीघर मण्डलामा विशाल प्रदर्शन आयोजना गरिएको छ।

'डा. केसी र उहाँले शुरु गर्नु भएको न्यायिक सुधार र शुद्धीकरणको अभियानलाई टुंगोमा पुर्याउनका लागि दबाबमूलक कार्यक्रम जारी रहन्छ' – डा. सिंहले शुभदिनसँग भने। 

यसैबीच, चिकित्सा शिक्षा र चिकित्सा सेवा सम्बन्धि आम जनताका सरोकारका नीतिगत मुद्दा र विकृतिमाथि आवाज उठाउँदै आएका प्रा.डा. गोविन्द केसीको गिरफ्तारीको झापामा मंगलबार प्रदर्शन भएकाे छ।

सामाजिक अभियन्ता एवम् शिक्षासेवी चित्राङ्गद तिम्सिनाका अनुसार बिर्तामोडको मुक्तिचोकमा माैन र्यालीकाे अायाेजना गरिएकाे छ। बुधबार दिउँसाे १ बजेदेखि अझै सशक्त विरोध प्रदर्शन गर्ने निर्णय भएको तिम्सिनाले जनाएका छन्।

यसैगरी, साेही समयमा चितवन, पाेखरा र जनकपुरमा पनि प्रदर्शन गर्ने तयारी भएकाे शुभदिन संवाददाताहरुले जनाएका छन्।


 

More form the Internet

loading...