Suvadin, Home

सोमालियामा पूर्वप्रधानमन्त्री राष्ट्रपतिमा निर्वाचित

सोमालियाका पूर्वप्रधानमन्त्री मोहम्मद अब्दुल्लाही फरमाजो सोमालियाको  राष्ट्रपतिमा निर्वाचित भएका छन्। सन् २००९ देखि २०१० सम्म सोमालियाको प्रधानमन्त्री भएका फरमाजो वर्तमान राष्ट्रपति हसन सेख मोहम्मदसँग भएको दोस्रो चरण सम्मको मतदानपछि  राष्ट्रपतिमा  निर्वाचित भएका हुन्। दोस्रो चरणको मतदानमा फरमाजोले १८४ मत ल्याएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी मोहम्मदले ९७ मत पाएका थिए। 
तस्वीर : एपी

मोगादिसु, माघ  २७ - सोमालियाका पूर्वप्रधानमन्त्री मोहम्मद अब्दुल्लाही फरमाजो सोमालियाको  राष्ट्रपतिमा निर्वाचित भएका छन्। 

सन् २००९ देखि २०१० सम्म सोमालियाको प्रधानमन्त्री भएका फरमाजो वर्तमान राष्ट्रपति हसन सेख मोहम्मदसँग भएको दोस्रो चरण सम्मको मतदानपछि  राष्ट्रपतिमा  निर्वाचित भएका हुन्। 
दोस्रो चरणको मतदानमा फरमाजोले १८४ मत ल्याएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी मोहम्मदले ९७ मत पाएका थिए। 

फरमाजोसँग अमेरिकाको राहदानी छ भने उनले स्टेट युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीति शास्त्रबाट स्नातकोत्तर गरेका छन् ।उनी विश्वविद्यालयका पूर्वप्राध्यापक पनि हुन्। 
फरमाजोले प्रधानमन्त्रीबाट हटेपछि सन् २०११ मा सोमाली जस्टीस एण्ड इक्वालिटी पार्टी नामका नयाँ पार्टी खोलेका थिए। रासस


 

More form the Internet

loading...