Suvadin, Home
Nepal life 1.817M

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्कका साथीलाई २० वर्ष जेल सजाय

दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन हेका नजिकका साथीलाई २० बर्षको जेल सजाय हुनेगरी मङ्गलबार निर्णय सुनाएको छ। दक्षिण कोरियाको महाभियोग लगाउने संसदको निर्णयलाई त्यहाँको अदालतले सदर गरेको दुई दिनपछि राष्ट्रपतिबाट पदच्युत गरिएकी पार्कका साथी चोइ सुन सिलले पार्कलाई लामो समयसम्म सघाएकाे अाराेप लागेकाे सिन्ह्वाले जनाएकाे छ।
फाइल तस्वीर

सोल, १ फागुन – दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन हेका नजिकका साथीलाई २० बर्षको जेल सजाय हुनेगरी मङ्गलबार निर्णय सुनाएको छ। 

दक्षिण कोरियाको महाभियोग लगाउने संसदको निर्णयलाई त्यहाँको अदालतले सदर गरेको दुई दिनपछि राष्ट्रपतिबाट पदच्युत गरिएकी पार्कका साथी चोइ सुन सिलले पार्कलाई लामो समयसम्म सघाएकाे अाराेप लागेकाे सिन्ह्वाले जनाएकाे छ। 

चोईलाई हिरासतमा लिएको १५ महिनापछि उनीमाथि लागेको राष्ट्रपतिलाई प्रभावमा पारी आर्थिक अपचलन तथा भ्रष्टाचार गरेको आरोपलाई पुष्टि गर्दै २० बर्षको जेल सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।


 

More form the Internet

loading...