Suvadin, Home

दक्षिण सुडानमा साम्प्रदायीक दंगामा परी २० जनाको मृत्यु

जोङले राज्यका सूचना मन्त्री जाकोब अकेच डेङले एउटा ठाँउको नाम परिवर्तन गर्ने विषयलाई लिएर भएको झडपमा उनीहरूको मृत्यु भएको बताएका छन्। पानविल भन्ने ठाँउको नाम एउटा समुदायले त्यही राख्नुपर्ने अडान राखेको र अर्को समूहले त्यस स्थानको नाम परिवर्तन गरेर एन्युट राख्नुपर्ने माग गरे पछि याे दंगा भएकाे हाे। 
सांप्रदायिक दंगा, फायल तस्वीर।

सुडान, १३ पुस – दक्षिण सुडानको जोङले राज्यमा एक आपसमा विरोधी दुई समुदायबीच भएको झडपमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। बुधबार भएकाे उक्त घटनामा अन्य १८ जना घाइते भएको स्थानीय सरकारका अधिकारीहरूले जानकारी दिएका छन्।

जोङले राज्यका सूचना मन्त्री जाकोब अकेच डेङले एउटा ठाँउको नाम परिवर्तन गर्ने विषयलाई लिएर भएको झडपमा उनीहरूको मृत्यु भएको बताएका छन्। पानविल भन्ने ठाँउको नाम एउटा समुदायले त्यही राख्नुपर्ने अडान राखेको र अर्को समूहले त्यस स्थानको नाम परिवर्तन गरेर एन्युट राख्नुपर्ने माग गरे पछि याे दंगा भएकाे हाे। 

जोङले राज्यमा लामो समयदेखि जातीय दङ्गका कारण धेरै हिंसात्मक घटनाहरू भएका छन्। गत महिना भएको जातीय हिंसामा परी ५० जनाले ज्यान गुमाएका थिए।


 

More form the Internet

loading...