Suvadin, Home
Nepal life 1.376M

सरकारले प्रदेश प्रमुख र अस्थायी मुकामबारे अाज पनि निर्णय गर्न सकेन

सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले शुक्रबारको बैठकबाट त्यसको निर्णय नभएको बताएका छन्। उनका अनुसार आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोकिने छ।

काठमाडौं,२८ पुस – सरकारले प्रदेश प्रमुख र अस्थायी मुकामबारे शुक्रबार पनि निर्णय गर्न सकेकाे छैन। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गर्ने बताइएको थियो।

तर, सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले शुक्रबारको बैठकबाट त्यसको निर्णय नभएको बताएका छन्। उनका अनुसार आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोकिने छ।

संविधानमा प्रदेश सभाको निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ। तर, प्रदेश प्रमुख नतोकिँदा अझैसम्म परिणाम बुझाउन नपाएको निर्वाचन आयोगका पदाधिकारीहरू बताउँछन्।


 

More form the Internet

loading...