Suvadin, Home

Cover Image

नेपाली भूमिमा भारतीय आक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको बताएका छन् । 

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको बताएका छन् । 

इलामको माङसेबुङमा नेकपा गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले भारतको उक्त कदम स्वीकार्य नहुँने बताउँदै सच्याउन माग गरेका छन् ।

उनले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहलसमेत अघि बढाएको बताएका थिए । 

फरक प्रसंगमा बोल्दै नेता नेम्वाङले मुलुक विकास र समृद्धिको यात्रामा अघि बढेको बताए । यसवेला समृद्धि यात्रमा सबै एकजुट भएर अघि बढ्नु पर्ने उनको धारणा थियो ।


 

More form the Internet

loading...