Suvadin, Home
Nepal life 3.22M

वाईडवडी विमान खरिद प्रकरण : महाप्रबन्धक कंसाकारलाई कारबाही गर्न समितिको निर्देशन

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हालका सचिव कृष्ण प्रसाद देवकोटालाई विमान खरिद नियम संगत नभएको देखिएको अवस्थामा पनि अन्तिम किस्ता भुक्तानी गरेको भन्दै निलम्बन गरि अख्तियारको दुरुपयोग र भ्रष्टाचार गरेको सम्बन्धमा थप छानबिन गरि हदैसम्मको सजाय गर्न नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

काठमाडौं, २३ पुस – वाईडवडी विमान खरिद अनियमिततामा मुख्य दोषी रहेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कारबाही गर्न सार्वजनिक लेखा समितिले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हालका सचिव कृष्ण प्रसाद देवकोटालाई विमान खरिद नियम संगत नभएको देखिएको अवस्थामा पनि अन्तिम किस्ता भुक्तानी गरेको भन्दै निलम्बन गरि अख्तियारको दुरुपयोग र भ्रष्टाचार गरेको सम्बन्धमा थप छानबिन गरि हदैसम्मको सजाय गर्न नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

त्यसैगरी तत्कालिन पर्यटन सचिव शंकर प्रसाद अधिकारीलाई पनि हदै सम्मको दण्ड सजायको निर्देशन दिईएको छ।

मन्त्रीहरुको सवालमा भने समितिले अलि लचिलो हुँदै नैतिक जिम्मेवारी र कानुनसम्मत कारबाहीको निर्देशन गरेको छ।

बेरुजु फस्र्यौैट गर्ने मुख्य जिम्मा लेखा उत्तरदायी अधिकृतको हुने भएकाले समितिले बहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारी, पूर्व–पर्यटनमन्त्रीहरु जीवन बहादुर शाही र जितेन्द्र नारायण देवलाई समान रुपमा नैतिक जिम्मेवारी लिँदै कानुनी कारबाहीको निर्देशन दिएको हो।

यसअघि छलफलको क्रममा समितिले मन्त्रीहरुको सवालमा नैतिक जिम्मेवारी मात्रै लिनुपर्ने उल्लेख गरेपछि समिति सदस्यहरुले कानुन सम्मत कारबाही थप्नुपर्ने माग गरेका थिए।


 

More form the Internet

loading...