Suvadin, Home

धेरै सुन्नु,थोरै बोल्नु प्रधानमन्त्रीलार्इ नेता नेपालको सुझाव

नेता नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए। नेपालले प्रधाजमन्त्रीलार्इ सुझाव दिदैँ भने,'अहिलेको समय परिणाम आउने गरी काम गर्ने बेला हो त्यसैले धेरै सुन्नु,थोरै बोल्नु।’

काठमाडाैं, ७ असोज – नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरै सुन्न र थोरै बोल्न सुझाव दिएका छन्।

नेता नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए। नेपालले प्रधाजमन्त्रीलार्इ सुझाव दिदैँ भने,'अहिलेको समय परिणाम आउने गरी काम गर्ने बेला हो त्यसैले धेरै सुन्नु,थोरै बोल्नु।’

सरकार सञ्चालनबारे पार्टीमा छलफल नगरिएको प्रति पनि नेता नेपालले असन्तुष्टि जनाएका छन्। सरकार सञ्चालनबारे अनुभव भएका नेता भए पनि त्यो अनुभव ग्रहण गर्न प्रधानमन्त्री ओलीले ध्यान नदिएको नेता नेपालको भनाइ छ।

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका नेता नेपालले सरकारको भने बचाउ गरे। सरकारको काम–कारबाहीलाई लिएर आलोचना भइरहेका बेला नेता नेपालले सरकारको समीक्षा गर्ने बेला भइनसकेको बताए। ‘सरकारको समीक्षा गरिहाल्ने बेला भएको छैन’, नेता नेपालले अगाडि थपे, ‘मलाई विश्वास छ, केही समयपछि सरकारले देखिने रिजल्ट निकाल्ने छ।’


 

More form the Internet

loading...