Suvadin, Home
Citizen Bank 806.4k

Cover Image

पूर्वआईजीपी मोतीलाल बोहरालाई सर्वोच्चबाट सफाइ

बोहरालाई भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेकाे थियो।

काठमाडौं, २० मंसिर – पूर्वआईजीपी मोतीलाल बोहराले सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।

बोहोरालाई सर्वोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले सफाइ दिएको हो।

बोहरालाई भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेकाे थियो।

पूर्वप्रहरी आईजीपी बोहरालाई २०६८ सालमा विशेष अदालतले अवैध सम्पत्ति जोडेको अभियोगमा दोषी ठहर गर्दै २६ लाख ६३ हजार ४ सय ८५ रुपैयाँ बिगो र त्यति नै बराबरको जरिवानासहित डेढ वर्ष कैद सजाय सुनाएको थियो।


 

More form the Internet

loading...