Suvadin, Home
Citizen Bank 447.3k

Cover Image

रेशम चौधरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन सर्वोच्चको आदेश

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीलाई टीकापुर घटनामा मुख्य दोषी देखाउँदै उनीविरुद्ध सरकारले कर्तव्य ज्यान मुद्दा दायर गरेको छ। कैलाली जिल्ला अदालतले चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

काठमाडौं, २३ पुस – टिकापुर घटनाका मुख्य दोषी मानिएका सांसद रेशम चौधरीलाई सर्वोच्च अदालतले थुनामै राख्न आदेश दिएको छ। 

ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको हो। अब चौधरीले थुनामै बसेर मुद्दा लड्ने छन्।

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीलाई टीकापुर घटनामा मुख्य दोषी देखाउँदै उनीविरुद्ध सरकारले कर्तव्य ज्यान मुद्दा दायर गरेको छ। कैलाली जिल्ला अदालतले चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

२०७४ फागुन १४ मा कैलाली जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसपछि चौधरीले उच्च अदालत दिपायलमा पुनरावेदन हालेका थिए।

उच्च अदालतले पनि चैत २२ गते सुरु जिल्ला अदालतको आदेशलाई सदर  गरेको थियो। चौधरी उच्च अदालतको आदेशपछि सर्वोच्चमा आएका थिए।

सर्वोच्चले उच्च अदालतको आदेश मनासिव नै देखिँदा अन्यथा परिवर्तन गरिरहन नपर्ने आदेश सुनाएको हो। बिहीबार सांसदको शपथ खाएका उनी डिल्लीबजार कारागारमा छन्।

राष्ट्रिय जनता पार्टी (राजपा) को दबाबमा टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई विहिबार सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ दिलाएका थिए। 

वि.सं. २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको घटनामा उनलाई मुख्य दोषी भएको ठहर भई चौधरीविरूद्ध मुद्दा लागेको थियो।

घटनापछि फरार रहेका चौधरीले भूमिगत अवस्थामै प्रतिनिधि सभामा विजयी हासिल गरेका थिए।
 


 

More form the Internet

loading...