Suvadin, Home

Cover Image

हेर्नुहाेस् न्यायाधीश राणाकाे अादेशकाे पूर्णपाठ
सर्वाेच्च अदालतमै उठ्याे गाेपालप्रसाद पराजुलीमाथि संगीन प्रश्न, न्यायाधीश नै उभिए विपक्षमा

एकपछि अर्काे विवादमा मुछिएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश गाेपालप्रसाद पराजुलीमाथि अाफ्नै सहकर्मीले संगीन प्रश्न उठाएका छन्। न्यायाधीश चोलेन्द्रशमशेर राणा सोमबार इजलास बहिष्कार गरेर पराजुलीमाथि नैतिक रूपमा प्रश्न उठाएका हुन्।

काठमाडाैं, फागुन २८ – एकपछि अर्काे विवादमा मुछिएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश गाेपालप्रसाद पराजुलीमाथि अाफ्नै सहकर्मीले संगीन प्रश्न उठाएका छन्।

न्यायाधीश चोलेन्द्रशमशेर राणा सोमबार इजलास बहिष्कार गरेर पराजुलीमाथि नैतिक रूपमा प्रश्न उठाएका हुन्।

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशका रुपमा कार्यकाल सकिएको जनाउँदै राणाले तोकेको इजलासमा बस्न अस्वीकार गरेका हुन्।

प्रा.डा. गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवार्इ आइतबारदेखि शुुरु भएको छ। सोही इजलासमा सुनुवार्इ हुँदाहुँदै राणाले इजलास बहिष्कारको घोषणा गरेका हुन्।

न्यायाधीश राणाले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहित ७ जना न्यायायाधीश भएको इजलास बहिष्कार गरेका हुन्। यससँगै सर्वाेच्च अदालतबाटै पराजुलीलार्इ नैतिकताकाे पाठ सिकाइएकाे विश्लेषण एक अधिवक्ताले गरेका छन्।


 

More form the Internet

loading...