Suvadin, Home

Cover Image

प्रकाश अर्यालको नियुक्तिका सबै फाइल पेश्न अादेश
आइजिपी नियुक्तिमा सर्वोच्चले फेरि बोलायो पूर्ण इजलास

प्रहरी महानिरीक्षक नियुक्तिविरूद्ध परेको निवेदनमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले वैशाख १५ गतेभित्र सरकारलाई जवाफ बुझाउन आदेश पनि गरेको छ। मुद्दाको अर्को पेशी वैशाख १९ गतेलाई तोकिएको छ। सो दिन पूर्ण इजलासमा अन्तिम सुनुवाइ गर्ने गरी पेशी तोक्ने सर्वोच्चले आदेश गरेको छ।
सर्वोच्च अदालत।

काठमाडौं, चैत ३०- प्रहरी महानिरीक्षक नियुक्तिविरूद्ध परेको निवेदनमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले वैशाख १५ गतेभित्र सरकारलाई जवाफ बुझाउन आदेश पनि गरेको छ।

मुद्दाको अर्को पेशी वैशाख १९ गतेलाई तोकिएको छ। सो दिन पूर्ण इजलासमा अन्तिम सुनुवाइ गर्ने गरी पेशी तोक्ने सर्वोच्चले आदेश गरेको छ।

सर्वोच्च अदालतको फैसला र परमादेशविपरीत आफूभन्दा कनिष्ठ व्यक्तिलाई प्रहरी महानिरीक्षक नियुक्ति गरिएकाले त्यसलाई रोकिदिन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्च अदालतमा मंगलबार निवेदन मुद्दा दर्ता गराएका थिए।

अदालतको फैसला प्रतिकूल हुनेगरी सरकारले सोमबार दोस्रो वरियताका डिआइजी प्रकाश अर्याललाई महानिरीक्षक नियुक्त गरेको थियो। अर्यालको नियुक्ति तत्कालै खारेज गरी मुद्दाको अन्तिम फैसला नभएसम्म आफूलाई कामु प्रहरी महानिरीक्षक बनाइदिन माग गर्दै सिलवालले सर्वोच्चमा निवेदन दिएका थिए।

सर्वोच्च अदालतले कार्यसम्पादन मूल्यांकनलगायत सबै हिसाबले नवराज सिलवाल नै पहिलो नम्बरमा रहेको प्रमाणसहित चैत ८ गते सोहीअनुसार प्रहरी महानिरीक्षक नियुक्त गर्न सरकारका नाममा परमादेश दिएको थियो।

रिट निवेदनमा उनले आफू र नवनियुक्त आइजिपी अर्यालको चार वर्षको कार्यसम्पादन मूल्यांकनसमेत दाँजेर पेस गरेका छन्। जसअनुसार आर्थिक वर्ष २०६९/७० मा सिलवालको अंक १४८ छ भने अर्यालको १४७ छ। त्यसपछिका तीन आर्थिक वर्षमा दुबैको अंक बराबर देखिन्छ। २०७०/७१ मा दुवैको अंक ३६, २०७१/७२ मा ३९ र २०७२/७३ मा ४० छ। यसरी कुल अंकमा सिलवाल २६३ र अर्याल २६२ रहेको रिट निवेदनमा उल्लेख गरिएको छ।

हेर्नुहोस् अादेश


 

More form the Internet

loading...