Suvadin, Home
NMB Bank Ltd 269.1k

न्यायपालिकाप्रति भ्रम नफैलाउन सर्वोच्चकाे आग्रह 

शुक्रबार साँझ सातदोबाटोस्थित सेल्सवरीको भवनबाट अनियमित रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीकाे पक्राउमा गरेका नायब सुब्बा श्यामप्रसाद अर्यालउपर न्याय प्रशासन ऐन २०७३ को उल्लेखित प्रावधान बमोजिम जाँचबुझ भइरहेकाे जनाइएकाे छ।
सर्वोच्च अदालत।

काठमाडौं, पुस २६ 

सर्वोच्च अदालतले सञ्चारमाध्यममा न्यायपालिकाप्रति भ्रम फैलाउने मनसायबाट प्रेरित  समाचार आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

शुक्रबार साँझ सातदोबाटोस्थित सेल्सवरीको भवनबाट अनियमित रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीकाे पक्राउमा गरेका नायब सुब्बा श्यामप्रसाद अर्यालउपर न्याय प्रशासन ऐन २०७३ को उल्लेखित प्रावधान बमोजिम जाँचबुझ भइरहेकाे जनाइएकाे छ।

सर्वोच्चका अनुसार ७ दिनभित्र उक्त घटनाकाे  प्रतिवेदन दिनका लागि प्रधानन्यायाधीश सुशीला कार्कीबाट २५ पुसमा सर्वाेच्चका सह-रजिष्टारलाई जाँचबुझ अधिकृतको रुपमा तोकिएको सर्वाेच्चले मंललबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। 

विषयलाई तोडमोड गरी यथार्थ नबुझी न्यायपालिकाप्रति भ्रम फैलाउने समाचार सञ्चारमाध्यमा नछाप्न सर्वाेच्चका प्रवक्ता नहकूल सुवेदीद्वारा जारी विज्ञप्तिमा अपील गरिएको छ। 

 

More form the Internet

loading...