Suvadin, Home
Nepal life 2.266M

निर्वाचन अपडेटः
स्याङ्जा १ (ख) मा मीनप्रसाद गुरुङ विजयी

गुरुङले २० हजार २४८ र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गिरीले १४ हजार ५१० मत प्राप्त गरेका हुन्। यस प्रदेशमा कूल खसेको मतमा ८०८ मत बदर भएको थियो। 

स्याङ्जा, मंसिर २६ – स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा वाम गठबन्धनका मीनप्रसाद गुरुङ विजयी भएकाछन्।

नेकपा एमाले जिल्ला अध्यक्ष गुरुङ निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तुलसी गिरीलाई पाँच हजार पाँच हजार ७३८ मतले पराजित गरी विजयी भएका हुन्।

गुरुङले २० हजार २४८ र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गिरीले १४ हजार ५१० मत प्राप्त गरेका हुन्। यस प्रदेशमा कूल खसेको मतमा ८०८ मत बदर भएको थियो। 

यसअघि स्याङ्जा १ प्रदेशसभा(क) मा पनि वाम गठबन्धनका दीपक चर्ती मगर विजयी भइसकेकाछन्। स्याङ्जामा जारी पछिल्लो मतगणनानुसार प्रतिनिधिसभाका दुवै स्थान र बाँकी दुई स्थानमा प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।


 

More form the Internet

loading...