Suvadin, Home

Cover Image

नगरपालिकासहित तीन गाउँपालिकामा बिजयी
म्याग्दीमा कांग्रेसको बर्चस्व

कांग्रेसले जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिकासहित ६ वटा स्थानीय तहमा जित हात पारेर बर्चस्व जमाएको छ। बेनी नगरपालिका प्रमुखसहित अन्नपूर्ण, मालिका र रघुगंगा गाउँपालिकामा काँग्रेस उम्मेदवार विजयी भएका हुन्। मंगला र धौलागिरि गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख केदारनाथ पौडेलले जानकारी दिएका छन्।

म्याग्दी जेठ ४– कांग्रेसले जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिकासहित ६ वटा स्थानीय तहमा जित हात पारेर बर्चस्व जमाएको छ।

बेनी नगरपालिका प्रमुखसहित अन्नपूर्ण, मालिका र रघुगंगा गाउँपालिकामा काँग्रेस उम्मेदवार विजयी भएका हुन्। मंगला र धौलागिरि गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख केदारनाथ पौडेलले जानकारी दिएका छन्।

बेनी नगरपालिका प्रमुखमा कांग्रेसका हरिकुमार श्रेष्ठले पाँच हजार ६ सय ७९ मत प्राप्त गरी बिजयी भए। निकटतम प्रतिस्पर्धी एमालेका प्रमोद श्रेष्ठले पाँच हजार ६ सय ३४ मत मात्रै पाए।

अन्नपूर्ण गाउँपालिकामा कांग्रेसका डमबहादुर पुन अध्यक्षमा चुनिएका छन्। उनले तीन हजार ३ सय २० मत प्राप्त गरे। प्रतिस्पर्धी एमालेका नारायण पुनले तीन हजार १ सय २७ मत प्राप्त गरेका हुन्।

यस्तै, रघुगंगा गाउँपालिकामा पनि कांग्रेसकै भवबहादुर भण्डारी निर्वाचित भएका छन्। भण्डारीले चार हजार ४ सय ३४ मत प्राप्त गरे। एमाले र माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार खिमबहादुर शाहीले दुई हजार ७ सय ३० मत प्राप्त गरेको रघुगंगा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुइँकेलले जानकारी दिएका छन्। 

त्यसैगरी, उपाध्यक्षमा पनि कांग्रेसकै कमला तिलिजाले तीन हजार ८ सय ४७ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमाले–माओवादी केन्द्र गठबन्धनका हरि भण्डारीले दुई हजार ६ सय ६२ मत मात्र प्राप्त गरे।

त्यस्तै, मालिका गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीप्रसाद रोका दुई हजार ७ सय ६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एमालेका बेगप्रसाद गर्बुजाले दुई हजार ६ सय २२ मत प्राप्त गरेका छन्। 

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका अध्यक्षमा एमालेकी थमसरा पुन विजयी भएकी छन्। उनले दुई हजार ४ सय ६० मत प्राप्त गरिन। प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का रिमप्रकाश थापाले दुई हजार १ सय ६८ मत प्राप्त गरेका छन्। त्यस्तै, मंगला गाउँपालिकामा एमालेका सतप्रसाद रोका अध्यक्ष निर्वाचित भएका छन्।
 


 

More form the Internet

loading...