Suvadin, Home

अफगानिस्तानमा सैन्य कारबाहीमा १० जना तालिबान लडाकु मारिए

पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालाई लक्षित गरेर गरिएको कारबाहीका क्रममा कम्तीमा १० जना तालिबान लडाकू मारिएकाे प्रान्तीय सरकारद्धारा जारी विज्ञप्तीमा जनाइएको छ।
फाइल तस्वीर।

काठमाडाैं, २६ पुस – आफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको सुरक्षा कारवाहीमा १० जना तालिबान आतङ्ककारी मारिएका छन्। 

पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालाई लक्षित गरेर गरिएको कारबाहीका क्रममा कम्तीमा १० जना तालिबान लडाकू मारिएकाे प्रान्तीय सरकारद्धारा जारी विज्ञप्तीमा जनाइएको छ। 

गत २४ घण्टाभित्र जारी कारवाहीका क्रममा ती लडाकू मारिएका बुधबार जारी विज्ञप्तिमा जनाइएको छ। सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा मङ्गलबार बिहानबाट बुधबार बिहानसम्म हवाई कारवाही समेत गरिएको जनाइएको समाचारमा उल्लेख छ। 

यसै महिनाको शुरुबाट नान्रगाहार प्रान्तको खोगीआनी जिल्लामा आतङ्ककारी विरुद्धको सुरक्षा कारबाही हालसम्म पनि जारी रहेका बताइएको छ। 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको सिरिन तगाब जिल्लामा सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा छ आतङ्ककारी मारिएका छन्। 

सुरक्षाबलले तालिवान आतङ्ककारी समूहले लुकेर बसेका आखाडालक्षित हवाई कारबाही गरेको थियो। यस सुरक्षा कारबाहीको सैनिक प्रवक्ता नसरातुल्लाह जमसिदीले बुधबार जानकारी दिएका छन्। 


 

More form the Internet

loading...