Suvadin, Home

ताप्लेजुङमा वाम गठबन्धनकाे अग्रता
एमाले सचिव याेगेश भट्टरार्इ ६ हजार मतअन्तरले अगाडि (यस्ताे छ पछिल्लाे अपडेट)

ताप्लेजुङमा प्रतिनिधिसभाको एक तथा प्रदेशसभाको दुवै स्थानमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्। पछिल्लाे परिणामअनुसार प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार एमाले सचिव योगेश भट्टरार्इले १६ हजार १ सय ३३ मत प्राप्त गरेका छन्।
एमाले सचिव याेगेश भट्टरार्इ।

ताप्लेजुङमा, मंसिर २२ – ताप्लेजुङमा प्रतिनिधिसभाको एक तथा प्रदेशसभाको दुवै स्थानमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।

पछिल्लाे परिणामअनुसार प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार एमाले सचिव योगेश भट्टरार्इले १६ हजार १ सय ३३ मत प्राप्त गरेका छन्।

भट्टरार्इका निकटतम् प्रतिष्पर्धा नेपाली कांग्रेसका केशवप्रसाद दाहालले १० हजार १जार २ सय ३१ मत प्राप्त गरेका छन्।

ताप्लेजुङमा प्रतिनिधिसभामा खसेको मत ५१ सय ७४३ हाे। त्यसैगरी, संघीय समाजवादी फोरमका धनकुमार लिम्बूले १ सय ८२ मत प्राप्त गरेका छन्।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान मञ्चका विष्णुकुमार याक्सोले ८ सय २३ मत, नयाँ शक्ति पार्टी, चन्द्रकुमार साँवा १९७ मत, राप्रपा राष्ट्रवादीका डिल्लीराम बिष्टले १३७ मत प्राप्त गरेका छन्।

राष्टिय जनमुक्ति पार्टीका  आइतराज मावाेहाङले १६२ मत प्राप्त गर्दा मंगोल नेसनल अर्गनाइजेशन, छविन्द्र गुरुङले २३ प्राप्त गरेका छन्।

त्यसैगरी, ताप्लेजुङ 'क'मा नेकपा एमाले बलबहादुर साम्सोहाङले ७ हजार ७ सय ४६ मत प्राप्त गरी अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसकी लीलादेवी बोखिमले ५६५९ मत पाएकी छिन्।

संघीय समाज फोरमका भक्तबहादुर एक्तेन १०९, राष्टिय जनमुक्ति पार्टीका बलबहादुर लिम्बू ६० नयाँशक्ति पार्टी, मानबहादुर गुरुङले १२७ मत पाएका छन्।

ताप्लेजुङ 'ख'मा नेकपा माओवादी केन्द्र, टंक आङ्बाेहाङले ६ हजार ४ सय २८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका दीपेन्द्रकुमार सेन्दाङले ४२६८ मत पाएका छन्।

संघीय समाजवादी फोरम, सुकवीर लिम्बूले १७३ मत प्राप्त गरेका छन्। राप्रपा राष्ट्रवादीकी सपना सामेखामले ५७ मत पाएकी छिन्।

याे पनि पढ्नुहाेस्ः

याेगेश भट्टरार्इः स्पष्ट विचार र दृष्टिकोण बाेकेका नेता


 

More form the Internet

loading...