Suvadin, Home

Cover Image

'युरोप र बेलायतको भविष्य' खतरामा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र जर्मनकी चान्सलर एन्जेला मर्केलबीचको टेलिफोन संवादपछि ब्रेक्जिट सम्झौता 'अनिवार्य असम्भव' भएको १० डाउनिङ‍् स्रोतले जनाएको छ ।

प्रधानमन्त्री जोन्सनले युरोपियन युनियनमा राखेको पछिल्लो प्रस्तावका विषयमा चान्सलर मर्केल र प्रधानमन्त्री जोन्सनबीच टेलिफोन संवाद भएको बीबीसीले जनाएको छ । स्रोतका अनुसार चान्सलर मर्केलले उक्त प्रस्ताव 'धेरै नै असम्भव' भएको बताएकी छन् ।

मर्केलको कार्यालयले भने 'निजी' संवादका विषयमा कुनै प्रतिक्रिया दिएको छैन । बीबीसीका एडम फ्लेमिङ्का अनुसार ईयूभित्र 'आशंका' उत्पन्न भएको छ । र, ईयूका उच्च अधिकारीले भने बेलायतको 'मुर्खतापूर्ण दोषारोपणको खेल' बन्द गर्न चेतावनी दिइएको छ ।

युरोपियन परिषदका अध्यक्ष डोनाल्ड टस्कले प्रधानमन्त्री जोन्सनलाई मेन्सन गर्दै 'युरोप र बलायतको भविष्य' खतरामा रहेको बताएका छन् ।


 

More form the Internet

loading...