Suvadin, Home

Cover Image

टीकापुर हत्याकाण्ड
सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो। यो घटनामा ३ जना अभियुक्तले सफाइ पाएका छन्। टीकापुर हत्याकाण्डपछि पक्राउ परेर हाल थुनामा रहेका १२ जनालाई २ देखि ३ वर्षसम्म कैद सजाय भएको छ। 
फाइल फाेटाे

कैलाली, २२ फागुन - कैलालीको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको छ। वि.स. २०७२ भदौ ७ गते भएकाे टिकापुर घटनामा ७ प्रहरी र एक नाबालक गरी ८ जनाको मृत्यु भएको थियो।

जिल्ला अदालत कैलालीले चौधरीसहित ११ जनालाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो। 

जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो। यो घटनामा ३ जना अभियुक्तले सफाइ पाएका छन्। टीकापुर हत्याकाण्डपछि पक्राउ परेर हाल थुनामा रहेका १२ जनालाई २ देखि ३ वर्षसम्म कैद सजाय भएको छ। 

उनीहरु हाल कैलाली कारागरामै कैद भुक्तान गरिरहेका छन्। उनीहरुले अदालतबाट तोकिए बमोजिमको सजाय भुक्तान गरिसकेकाले रिहा हुने भएका छन्। 

टीकापुर हत्याकाण्डमा प्रहरीले ५८ जनाविरुद्ध कर्तव्य ज्यान, डाका चोरी र ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो। ५८ जनामा २७ जना पक्राउ परिसकेका छन्। रेशमले भने अदालतमा पुगेर आत्मसर्मपण गरेका थिए। यो हत्याकाण्डमा संलग्न भनिएका ३१ जना अझै फरार रहेका छन्।


 

More form the Internet

loading...