Suvadin, Home

तारेखमा छुट्ने मन भए तीन अर्ब देउः अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कर छलीमा सम्लग्न रहेको भन्दै आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई जनही रु तीन अर्बको धरौटी माग गरेको छ । आयोगका अनुसार साधारण तारेखमा छुट्ने हो भने महानिर्देशक शर्मासँग रु तीन अर्ब धरौटी माग गरिएको हो । 
चुडामणी शर्मालार्इ अदालत लैजाने क्रममा प्रहरी।

काठमाडौँ, १५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कर छलीमा सम्लग्न रहेको भन्दै आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई जनही रु तीन अर्बको धरौटी माग गरेको छ । 

आयोगका अनुसार साधारण तारेखमा छुट्ने हो भने महानिर्देशक शर्मासँग रु तीन अर्ब धरौटी माग गरिएको हो । 

आयोगले हाल १२५ कर छुटसम्बन्धी फाइल आयोगले अध्ययन गरिरहेको छ । एक हजार बढी कर छुटसम्बन्धी फाइलको अध्ययन गर्नुपर्ने आयोगको ठहर छ । यस्तै आयोगले तत्कालीन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पनि रु तीन तीन अर्बको धरौटी माग गरिएको छ । 

महत र ढकाल फरार रहेको भन्दै आयोगले सार्वजनिक सूचनामार्फत जानकारी दिन आम नागरिकलाई आग्रह गरेको छ । आयोगको हिरासतमा रहेका महानिर्देशक शर्मालाई गत जेठ १९ गते पक्राउ गरेको थियो । विभिन्न व्यावसायिक संस्था र प्रतिष्ठानलाई रु २० अर्ब बढी छुट दिएको आरोप महानिर्देशक शर्मामाथि लाग्दै आएको छ । 

“हालसम्म गरिएको अध्ययनका आधारमा धरौटी माग गरिएको हो”– आयोगका उच्च अधिकारीले भन्नुभयो, “कुल रुपमा रु नौ अर्ब बराबरको बदमासी गरेको देखिएकाले दामासाहीमा रु तीन÷तीन अर्ब धरौटी माग गरिएको हो । फरार रहेकाको हकमा खोजी कार्यलाई प्राथमिकतामा राखिएको छ ।” रासस


 

More form the Internet

loading...