Suvadin, Home

बिमस्टेकका ४ सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरू शुक्रबार स्वदेश फर्कदै, मोदी पनि अाजै फर्कदैं

बिमस्टेक बैठकको समापन शुक्रबार दिउँसो २ बजे हुँदैछ। तर सम्मेलन समापन हुनुअघि बंगलादेश र थाइल्याण्डका प्रधानमन्त्री स्वदेश फर्कने भएका हुन्। बाँकी दुई देशका राष्ट्र तथा सरकार प्रमुख भने सम्मेलन समापन भएपछि मात्रै स्वदेश फर्कदैछन्।

काठमाडौं, १५ भदाै – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका(भीभीआइपीहरु) ४ सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरू शुक्रबार स्वदेश फर्कदैछन्।

बिमस्टेक बैठकको समापन शुक्रबार दिउँसो २ बजे हुँदैछ। तर सम्मेलन समापन हुनुअघि बंगलादेश र थाइल्याण्डका प्रधानमन्त्री स्वदेश फर्कने भएका हुन्। 

बाँकी दुई देशका राष्ट्र तथा सरकार प्रमुख भने सम्मेलन समापन भएपछि मात्रै स्वदेश फर्कदैछन्। शुक्रबार स्वदेश फर्किनेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि म्यानमारका राष्ट्रपतिसमेत छन्। बिमस्टेकले पारित गर्न लागेको दस्तावेजमा हस्ताक्षर नगरी स्वदेश फर्किने कार्यकारी प्रमुख पनि परेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार हसिना शुक्रबार दिउँसो १ बजे फर्कने कार्यक्रम छ। त्यस्तै थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा शुक्रबार दिउँसो साढे १ बजे र म्यानमारका राष्ट्रपति साँझ ४ बजे स्वदेश फर्कदैछन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने अपरान्ह ६ः२५ बजे फर्कदैछन्। मोदीले आजै प्रधानमन्त्री केपी ओलीसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ। छलफलपछि केही सम्झौतामा हस्ताक्षर गर्ने र दिउँसो पशुपतिनाथमा रहेको धर्मशाला प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। 

सम्मेलनमा भाग लिन सबैभन्दा पहिले म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आएका थिए। बुधबार नेपाल आएका उनी शुक्रबार स्वदेश फर्किने छन्। मिन्टले लुम्बिनीको भ्रमण समेत यसअघि नै गरिसकेका छन्। थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा पनि शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम तय भएको छ।


 

More form the Internet

loading...