Suvadin, Home

क्षेप्यास्त्र परीक्षण चीनमाथिको पनि अनादर : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले उत्तर कोरियाद्वारा गरेको क्षेप्यास्त्र परीक्षण प्योङयाङको मुख्य सहयोगी चीनमाथिको पनि अनादरपूर्ण प्रतिक्रिया भएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प।

अमेरिका, जेठ १६– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले उत्तर कोरियाद्वारा गरेको क्षेप्यास्त्र परीक्षण प्योङयाङको मुख्य सहयोगी चीनमाथिको पनि अनादरपूर्ण प्रतिक्रिया भएको बताएका छन्।


अमेरिका र खास गरी ट्रम्प प्रशासनले कोरियाली शासकमाथि नै चीनले सहयोग गर्ने गरेको बताउने गरेका छन् । 

उत्तर कोरियाले आफ्नो पछिल्लो क्षेप्यास्त्र परीक्षण गरी आफ्नो नजिकको छिमेकी चीनलाई पनि अनादर गरेको छ, तर चीनले कोरियालाई सुधार्न अधिकतम प्रयास गरेको छ, ट्रम्पले ट्वीट सन्देश लेखेका छन्। 

यस वर्षमात्रै उत्तर कोरियाले विभिन्न खालका १२ वटा क्षेप्यास्त्र परीक्षण गरिसकेको जनाउँदै सोमबारको हतियार परीक्षण जापानी सामुद्रिक क्षेत्रमा खसेको जनाएको छ। 

प्योङयाङले गरेको पछिल्लो क्षेप्यास्त्रले करिब ४५० किलोमिटर टाढा मार हान्नसक्ने जनाइएको छ। रासस


 

More form the Internet

loading...