Suvadin, Home

ट्रम्पको नाममा इजरायलमा रेलवे स्टेशन निर्माण हुने

यसै डिसेम्बर महिनाको शुरुमा अमेरिकाले गरेको उक्त घोषणाले भविष्यको आफ्नो देशको राजधानी जेरुसलेम बन्ने अपेक्षा गरिरहेका प्यालेस्टिनीहरुलाई आक्रोशित बनाएको थियो।

काठमाडाैं, १३ पुस  – इजरायलले पूर्वी जेरुसलेममा अमेरिकी राष्ट्रपति ट्रम्पको नाममा एउटा नयाँ रेल वे स्टेशन स्थापना गर्ने योजना सार्वजनिक गरेको छ। इजरेली यातायात मन्त्री यीसरेल काट्सले ट्रम्पले जेरुसलेमलाई इजरेली राजधानीको मान्यता दिएकोमा सम्मान व्यक्त गर्न उक्त अवधारणा ल्याइएको जानकारी दिएका छन्।

यसै डिसेम्बर महिनाको शुरुमा अमेरिकाले गरेको उक्त घोषणाले भविष्यको आफ्नो देशको राजधानी जेरुसलेम बन्ने अपेक्षा गरिरहेका प्यालेस्टिनीहरुलाई आक्रोशित बनाएको थियो।

इजरेलले वेस्टर्न वाल सहित पूर्वी जेरुसलेमलाई आफूमा गाभे पनि अन्तर्राष्ट्रिय समुदायले त्यसलाई मान्यता दिएका छैनन्।

उक्त द्रूत गतिको रेल मार्ग निर्माण भए कुनै दिन यात्रुहरुले जेरुसलेममा डोनाल्ड ट्रम्प स्टेशन सम्म यात्रा गर्न पाउनेछन्। रेलमार्ग वेस्टर्न वाल भनिने एउटा यहुदी धर्मावलम्बीहरुको प्राचीन मन्दिरको अवशेष रहेको स्थान नजिकैबाट इस्लाम धर्मावलम्बीहरुको तेश्रो महत्वपूर्ण तीर्थस्थल अल आक्सा मस्जिदसम्म जानेछ।

इन्जिनियरहरुले पुरानो शहरमा झण्डै दुई माइल सुरुङ खनेर उक्त रेल सञ्जाल निर्माण गरिने बताएका छन्।

श्रोतः बीबीसीबाट


 

More form the Internet

loading...