Suvadin, Home

अमेरिकी ४५औँ राष्ट्रपतिमा डोनाल्ड जोन ट्रम्प निवार्चित

न्युयोर्क

अमेरिकामा नोभेम्बर ८ का दिनमा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनतर्फका उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी हुनुभएको छ । ट्रम्प अमेरिकाको ४५औँ राष्ट्रपति हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी डेमोक्र्याटीक पार्टीका उम्मेदवार हिलारी रोधाम क्लिन्टन रहनुभएको थियो । 

यसैबीच नवनिवार्चित राष्ट्रपतिले आफ्नो विजयको घोषणासँगै आफ्ना समर्थकका विशाल सभालाई सम्बोधन गर्दै आफू सम्पूर्ण अमेरिकी नागरिकको राष्ट्रपति हुने बताउनुभएको छ । 

हिलारीले देशको लागि गर्नुभएको कडा परिश्रम र सेवाप्रति आफू आभारी भएको समेत बताउनुभएको छ । यसैगरी क्लिन्टनले टेलिफोनमार्फत आफूलाई बधाई दिनुभएको ट्रम्पले बताउनुभएको छ । साथै क्लिन्टनले आफ्नु पराजय स्विकार गर्नुभएको छ । 

यहाँसम्म दुबै उम्मेदवारले हासिल गर्नुभएको राष्ट्रपति पद चयनार्थ प्रदान हुने “विशेष मत” (इलेक्टोरल कलेज भोट) गणना गर्दा ट्रम्पले २८८ र क्लिन्टनले २१५ मत प्राप्त गर्नुभएको छ । राष्ट्रपति पदमा विजयी हुन् २७० इलेक्टोरल कलेज भोटको प्रष्ट बहुमत आवश्यक पर्दछ । रासस ÷एएफपी 


 

More form the Internet

loading...