Suvadin, Home

सरकारलाई एमालेको प्रश्न, ‘जेठ ३१ मा चुनाव भए बजेट के हुन्छ?’ 

 सरकारले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संवैधानिक प्रश्न उठाएको छ। आइतबार बसेको एमाले संसदीय दलको बैठकले निर्वाचन आचारसंहिता विपरित हुने २ चरणको निर्वाचन मान्य नहुने निर्णय गरेको छ। 
सुवासचन्द्र नेम्वाङ। 

यमबहादुर बम काठमाडाैं, वैशाख १० - सरकारले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संवैधानिक प्रश्न उठाएको छ। 

आइतबार बसेको एमाले संसदीय दलको बैठकले निर्वाचन आचारसंहिता विपरित हुने २ चरणको निर्वाचन मान्य नहुने निर्णय गरेको छ। 

बैठकपछि शुभदिनसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जेठ ३१ गते निर्वाचन गरे बजेट के हुन्छ भन्ने विषयमा व्यापक छलफल भएको बताए। संविधानको धारा ११९ मा जेठ १५ गते नै बजेट ल्याउनुपर्ने उल्लेख छ। तर, बजेट ल्याएको १५ दिनपछि निर्वाचन गर्न खोज्नु  आचारसंहिताको उल्लंघन भएकाले एमालेलाई स्वीकार्य नहुने नेम्वाङले बताए।

‘सत्तापक्षले हामीलाई १ शव्द पनि नसोधेर २ चरणमा निर्वाचन गर्ने निर्णय गर्यो,’ बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई उद्धृृत गर्दै नेम्वाङले भने।

एमालेले २  चरणको निर्वाचन भन्दा पनि बजेट पछि निर्वाचन हुने भएपछि आपत्ति जनाएको हो। ‘बजेट अगाडि नै दोस्रो चरणको चुनावको मिति घोषणा भएको भए एक किसिमले सोच्न सकिन्थ्यो,तर त्यो अवस्था रहने,’ नेम्वाङले बताए।

संविधान संशोधनको विषयमा  भने एमालेले ‘ड्राफ्ट’ हरेर मात्र बोल्ने बताएको छ। प्रदेशको सहमतिबिना सीमांकन हेरफेर विषय आपत्तिजनक रहेको उल्लेख गर्दै नेम्वाङले बाँकी विषयमा परिमार्जनसहितको संशोधन विधेयक हेरेर मात्र धारणा सार्वजनिक गरिने बताए।

सत्तारुढ दल र मधेसी मोर्चाबीचको शनिबारको बैठकले प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो चरण वैशाख ३१ तथा १, २, ५ र ७ नम्बर प्रदेशमा दोस्रो चरण जेठ ३१ गते सहमति गरेको थियो। उक्त सहमति अनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले २ चरणको निर्वाचनको मिति घोषणा गरिसकेको छ। 


 

More form the Internet

loading...