Suvadin, Home

फोरम लोकतान्त्रिकका महामन्त्री मुस्ताक आलम एमालेमा प्रवेश

 नेपाल लोकतान्त्रिक फोरमका तत्कालीन महामन्त्री मुस्ताक आलम  मनोनयन दर्ताकै दिन एमालेमा प्रवेश गरेका छन्। आलम आइतबार एमाले अध्यक्ष केपी ओली निवासमा पुगेर एमालेमा प्रवेश गरेका हुन्।
 नेपाल लोकतान्त्रिक फोरमका तत्कालीन महामन्त्री मुस्ताक आलम। उनी एमालेमा प्रवेश गरेका छन्।

काठमाडौैं, कात्तिक ५– नेपाल लोकतान्त्रिक फोरमका तत्कालीन महामन्त्री मुस्ताक आलम  मनोनयन दर्ताकै दिन एमालेमा प्रवेश गरेका छन्। आलम आइतबार एमाले अध्यक्ष केपी ओली निवासमा पुगेर एमालेमा प्रवेश गरेका हुन्।

पूर्व राज्यमन्त्री समेत रहेका आलम रौतहट–२ बाट निर्वाचित सांसद रमेत हुन्। फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेससँग एकीकरण गरेपछि उनी असन्तुष्ट बनेका थिए। अन्ततः  आलम उनी एमाले प्रवेश गरेका हुन्। 

एमाले प्रवेश गर्दै नेता आलमले विजय गच्छदारले पार्टी र नेता कार्यकर्तालाई धोका दिएर कांग्रेसमा विलिन भएका कारण आफू एमालेमा प्रवेश गरेको बताए।
 


 

More form the Internet

loading...