Suvadin, Home

सरकारले राष्ट्रिय सभा निर्वाचन घोषणा नगरेर सत्ता लम्ब्याएको एमालेको ठहर

बैठकमा सहभागी एमाले नेताहरुले नयाँ सरकार गठनमा बिलम्ब सिर्जना गर्न सरकारले जानी–जानी राष्ट्रिय सभा निर्वचनको मिति नतोकेको भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेका थिए।
सर्वदलीय बैठक।

काठमाण्डौं, २० पुस – सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति नतोकेर सत्ता लम्ब्याइरहेको भन्दै नेकपा एमालेले प्रधानमन्त्रीसँग आपत्ति जनाएको छ। सार्वजनिक कार्यक्रमहरुमा सरकारको आलोचना गरिरहेको एमालेले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आपत्ति जनाएको हो।

राष्ट्रि सभा निर्वाचनको मिति तोक्ने र प्रदेश प्रमुख नियुक्त गर्ने सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा अायाेजित सर्वदलीय बैठकमा एमालेले प्रधानमन्त्रीसँग आपत्ति जनाएको थियो।

बैठकमा सहभागी एमाले नेताहरुले नयाँ सरकार गठनमा बिलम्ब सिर्जना गर्न सरकारले जानी–जानी राष्ट्रिय सभा निर्वचनको मिति नतोकेको भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेका थिए।

छलफलमा एमाले नेताहरुले राष्ट्रिय सभाको निर्वाचन १५ दिनभित्र गर्नुपर्ने भन्दै सरकारलाई दवाव दिएका थिए। सरकारले नियतवस राष्ट्रिय सभा निर्वाचन घोषणा नगरेको एमालले आरोप लगाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग छलफल गरेर तत्कालै मिति तोक्ने जवाफ दिएका थिए।


 

More form the Internet

loading...