Suvadin, Home

अन्य जिल्लामा भोलि टुंग्याइने
एमालेले ११ जिल्लामा समन्वय परिषद्का उम्मेदवार टुंग्यायो (सूचीसहित)

नेकपा (एमाले) ले ११ जिल्लामा जिल्ला समन्वय परिषद्का उम्मेदवारको टुंगो लगाएको छ। एमाले स्थायी कमिटीको आइतबारको बैठकले पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसमा ११ जिल्लामा जिल्ला समन्वय परिषद्का प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको हो।
एमाले नेताहरू।

काठमाडाैं, साउन १५–नेकपा (एमाले) ले ११ जिल्लामा जिल्ला समन्वय परिषद्का उम्मेदवारको टुंगो लगाएको छ।


एमाले स्थायी कमिटीको आइतबारको बैठकले पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसमा ११ जिल्लामा जिल्ला समन्वय परिषद्का प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको हो।

एमालेले रामेछापको प्रमुखमा पे्रमबहादुर खड्का र उपप्रमुखमा दीपा पाख्रिन, रसुवाको प्रमुखमा कुलप्रसाद भट्ट र उपप्रमुखमा छोपेमा तामाङ्नी, मकवानपुरको प्रमुखमा रघुनाथ खुलाल र उपप्रमुख भगवती पुडासैनी, भक्तपुरको प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कुँवर, डोल्पाको प्रमुखमा शेरबहादुर बुढा, सल्यानको  उपप्रमुखमा कुलबहादुर गिरी, कालिकोटको  प्रमुखमा पे्रमबहादुर शाही र उपप्रमुखमा सरिता आचार्य, जाजरकोटको प्रमुखमा गोरे कार्की र उपप्रमुखमा कमलादेवी शाही, हुम्लाको उपप्रमुख खगेन्द्र कार्कीलाई उम्मेदवार बनाएको छ।

यसैगरी, एमालेले सुर्खेतको प्रमुखमा टोपबहादुर राजकोटी र उपप्रमुखमा दीपा मल्ल, मुगुको प्रमुखमा पुर्णबहादुर रोकाया र उपप्रमुखमा कर्णशिला मल्ल,  खोटाङको प्रमुखमा बबी चाम्लिङ र उपप्रमुखमा गोमा खत्री, इलामको  प्रमुखमा गणेश बराल र उपप्रमुखमा चित्रकला बराइली, बझाङको प्रमुखमा खड्गबहादुर खड्का र उपप्रमुखमा भागिरथी अवस्थी जोशीलाई उम्मेदवार बनाएको छ।

काभ्रेको जिल्लाबाट सिफारिस भएर आएपनि जिल्ला नेतृत्वसँग आवश्यक छलफल गरी पार्टी केन्द्रीय अध्यक्षसँग राय परामर्श गरी उम्मेदवारको टुंगो लगाउने जिम्मा प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको छ। 

एमाले बैठके कतिपय जिल्लामा विभिन्न पार्टीसँग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरेमा प्रदेश संगठन कमिटीको नेतृत्वसँग राय परामर्श गरी पार्टी केन्द्रसँग पूर्वस्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्ने जनाइएको छ।थप जिल्लाको उम्मेदवारी टुंगो लगाउन तथा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल गर्न पार्टी स्थायी कमिटीको बैठक सोमबार बस्ने  एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। 
 
 


 

More form the Internet

loading...