Suvadin, Home

एमाले स्थायी कमिटीकाे बैठक बस्दै
माअाेवादीसँग पार्टी एकता, अध्यादेश लगायतका विषय बैठकका एजेण्डा

माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया, राष्ट्रपति कार्यालयसम्म पुगेकाे राष्ट्रसभा गठन अध्यादेश र प्रदेश सभातर्फ समानुपातिकको सांसद चयन गर्ने अादि विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेकाे हाे।
एमाले बैठक। फाइल तस्वीर

काठमाडाैं १३ पुस – नेकपा एमालेकाे स्थायी कमिटी बैठक अाज बस्ने भएकाे छ।

माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया, राष्ट्रपति कार्यालयसम्म पुगेकाे राष्ट्रसभा गठन अध्यादेश र प्रदेश सभातर्फ समानुपातिकको सांसद चयन गर्ने अादि विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेकाे हाे।

बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउँसो १ बजे हुन लागेकाे बैठकमा नयाँ सरकार गठनका विषयमा समेत छलफल हुने जानकारी दिइएकाे छ।

पार्टी एकताकाे विषयलार्इ नयाँ सरकार गठन भन्दा अगावै सम्पन्न गर्ने तयारी भइरहेकाे एमाले श्राेतले जनाएकाे छ। दुवै दलले पार्टी समायाेजनको खाका समेत तयार गर्न लागि परेका छन्।

स्थायी कमिटी बैठकपछि सम्भव भए आजै नभए भोली एकता संयोजन समितिको बैठक बसेर एकताको प्रक्रिया अघि बढाउने एमाले श्रोतले बताएकाे छ।

त्यस्तै, आजको बैठकले पार्टीले प्रदेश सभातर्फ प्राप्त गरेको समानुपातिक सिट संख्यामा रहने सदस्य टुङ्गो लगाई आयोगमा पठाउने अाजकाे बैठककाे याेजना रहेकाे छ।

प्रदेश सभातर्फ समानुपातिकको अन्तिम सूची पठाउन आयोगले दलहरुलाई भोलिसम्मको समय दिएको छ।


 

More form the Internet

loading...