Suvadin, Home

जेलमा रहेका एमाले नेता योगनारायणको नाम उम्मेदवारमा सिफारिस

पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिको नाम पनि किन उम्मेदवारका रुपमा सिफारिस गर्नुपरेको भन्ने शुभदिनको प्रश्नमा एमाले धनुषाका अध्यक्ष यादवले भने, ‘उहाँको पेशी चलिरहेको छ, छुट्न पनि सक्नुहुन्छ नि! यदी उहाँ छुट्नु भएन भने अरु साथीहरु नै चुनाव लड्नु हुन्छ।’
पुर्पक्षका लागि थुनामा रहेका  एमाले नेता योगनारायण यादव।

काठमाडौं,, असोज २३– नेकपा (एमाले) धनुषाले पुर्पक्षका लागि कारागारमा रहेका नेताको नाम आसन्न निर्वाचनको उम्मेदवारका लागि सिफारिस गरेको छ।
एमाले धनुषाले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतियार सम्बन्धी छुट्टाछुट्टै मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बैकल्पिक पोलिटब्यूरो सदस्य एवं पूर्वसांसद योगनारायण यादवको नाम प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारमा सिफारिस गरेको हो।

प्रतिनिधसभाका लागि क्षेत्र नम्बर १ बाट यादवसँगै सुधीरप्रसाद साह, तिलकुमारी भारतीको नाम पनि सिफारिस गरिएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए।

पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिको नाम पनि किन उम्मेदवारका रुपमा सिफारिस गर्नुपरेको भन्ने शुभदिनको प्रश्नमा एमाले धनुषाका अध्यक्ष यादवले भने, ‘उहाँको पेशी चलिरहेको छ, छुट्न पनि सक्नुहुन्छ नि। यदी उहाँ छुट्नु भएन भने अरु साथीहरु नै चुनाव लड्नु हुन्छ।’

२०७१ चैत ८ गते सबैलास्थित मदान आश्रति निमावि विद्यालय व्यवस्थापन समितिको चुनावमा रामसेवक राउत र राम प्रकाश गडेरीको हत्या भएको थियो। उक्त हत्याको मुद्दामा उनी   पुर्पक्षका लागि सिरहा कारागारमा छन्। 

२०७२ चैतदेखि पुर्पक्षका लागि थुनामा रहेका यादव  काठमाडौंस्थित  एमाले पार्टी कार्यालयको अगाडिबाट पक्राउ परेका थिए। उक्त घटनामा  नेता यादवसँगै दुर्गाप्रसाद साह पनि पुर्पक्षका लागि थुनामा छन्।  

प्रहरीले यादवलाई मुख्य योजनाकार बनाई जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतियार सम्बन्धी छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो।  


 

More form the Internet

loading...