Suvadin, Home
Nepal life 2.62M

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

मालीमा भएको यस आक्रमणमा परी एक शान्ति सेनाको मृत्यु हुँदा अन्य कैयौँ घाइते भएका छन्। मालीको उत्तरी सहर तिम्बुक्टुमा भएको यस आक्रमणमा परी बुर्किना फासोका एक शान्तिसेनाको मृत्यु हुनुको साथै अन्य एक दर्जनभन्दा बढी घाइते भएका छन्।

माली, वैशाख ३ – शान्ति कायम गर्ने मिसनमा माली पुगेका शान्ति सेनामाथिका आक्रमण गरिएको घटनाको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले आइतबार निन्दा गरेको छ। 

मालीमा भएको यस आक्रमणमा परी एक शान्ति सेनाको मृत्यु हुँदा अन्य कैयौँ घाइते भएका छन्। 

मालीको उत्तरी सहर तिम्बुक्टुमा भएको यस आक्रमणमा परी बुर्किना फासोका एक शान्तिसेनाको मृत्यु हुनुको साथै अन्य एक दर्जनभन्दा बढी घाइते भएका छन्। 

घाइते भएकामा एकजना फ्रान्सेली सैनिकसमेत रहेका जनाइएको छ। यस आक्रमणको सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ। 

यस आक्रमणमा ज्यान गुमाएका शान्तिसेनाका परिवार र बुर्किना फासो सरकारप्रतिसमेत गहिरो समवेदना व्यक्त गरिएको छ। 

मालीस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत शान्तिसेनामाथि विद्रोहीबाट बारम्बार यस्तो आक्रमण हुने गरेको छ। 


 

More form the Internet

loading...