Suvadin, Home

मेडिकल माफियाकाे राज!
युनिभर्सल मेडिकल कलेज सञ्चालकद्वारा विद्यार्थीलाई ‘ज्यान लिने’ धम्की

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका सञ्चालकले सर्वोच्च अदालतमा परेको मुद्दा फिर्ता नलिए विद्यार्थीलाई ‘ज्यान लिने’ धम्की दिएका छन्। सर्वोच्च अदालतमा मंगलबारका लागि राखिएको पेशीभन्दा अघि नै मुद्दा फिर्ता लिन युनिभर्सलका सञ्चालकले विद्यार्थीलाई धम्की दिएका हुन्।
भैरहवास्थित युनिभर्सल मेडिकल कलेज।

काठमाडौं, भदौ २६ – भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका सञ्चालकले सर्वोच्च अदालतमा परेको मुद्दा फिर्ता नलिए विद्यार्थीलाई ‘ज्यान लिने’ धम्की दिएका छन्। सर्वोच्च अदालतमा मंगलबारका लागि राखिएको पेशभन्दा अघि नै मुद्दा फिर्ता लिन युनिभर्सलका सञ्चालकले विद्यार्थीलाई धम्की दिएका हुन्।

त्रिवि शिक्षण अस्पतालले छनौट गरेका विद्यार्थी मात्रै अध्ययन गर्न पाउने व्यवस्था विपरीत करोडौं रुपैयाँ लिएर ‘ननमेरिट’ विद्यार्थी भर्ना गरेको युनिभर्सल कलेजले त्यसविरुद्ध परेको मुद्दा फिर्ता गर्न विद्यार्थीलाई चेतावनी दिएको हो।

चिकित्साशास्त्र संकाय अन्तरगतको स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमाथि सञ्चालकले लगातार दबाब दिएको स्रोतले जनाएको छ। साथै, मेरिटमा अध्ययन गर्ने विद्यार्थीले सर्वोच्चको मुद्दाका कारण ४५ दिन ढिलागरी पढाई शुरु गरेका थिए। 

युनिभर्सल मेडिकल कलेज सञ्चालकले एक शैक्षिक वर्षको १५ दिन छुट्टीको व्यवस्था पनि त्यही ४५ दिनमा कटाउने र अब कुनै किसिमको छुट्टी नदिइने जिकिर गरेको छ।  साथै ती विद्यार्थीले पाउने सेवासुधिबा पनि नदिएको जनाइएको छ।

यस विषयमा विद्यार्थीले त्रिभूवन विश्वविद्यालयका डिन जगदिशप्रसाद अग्रवालसँग सहयाेग मागेका थिए। तर, डिन अग्रवालले यस विषयमा अाफूले केही गर्न नसक्ने जनाउँदै पन्छिन खाेजेकाे विद्यार्थीका अभिभावकले गुनासाे गरेका छन्।

'डिन अग्रवालबाट सिडिअाे कार्यालय जान सुझाव अाएकाे छ,' ती अभिभावकले शुभदिनसँग भने, 'जिम्मेवार निकायकै मानिसबाट यस्ताे गैरजिम्मेवारपूर्ण व्यवहार भएपछि हामीले काेसँग न्याय माग्ने?'

यसैबीच, ननरेमिट विद्यार्थीको भर्ना अवैध रहेको बताउँदै ‘स्टे अर्डर’ दिएको सर्वोच्च अदालतमा उक्त मुद्दाको पेश मंगलबारका लागि राखेको छ। एबिबिएसको पढाई सकेर ‘पोस्ट ग्य्राजुएट’ गर्न गएको विद्यार्थीमाथि युनिभर्सल कलेजले ज्यादति गरेको हो। यस विषयमा धारणा दिन खोज्दा युनिभर्सल मेडिकल कलेजका सञ्चालक बोल्न चाहेनन्।


 

More form the Internet

loading...