Suvadin, Home

राष्ट्रियसभा बैठकः कांग्रेसको अवरोधपछि आधा घण्टा स्थगित

राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमिल्सीनाले नियमित कार्यसूचि अघि बढाएपछि कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका थिए।

काठमाडौं,१४ माघ-सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका दुई अस्पताल विघटन गर्न खोजेको भन्दै नेपाली कांग्रेसका सांसदहरुले राष्ट्रियसभाको रोष्टम घेराउ गरेका छन्।

राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमिल्सीनाले नियमित कार्यसूचि अघि बढाएपछि कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका थिए। कांग्रेस सांसदको विरोधका वाबजुद सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधि सभाबाट पारित चिकित्सा शिक्षा विधेयक टेबुल गर्न सचिवलाई अनुमति दिए।

त्यसपछि कांग्रेस सांसदहरू नारावाजी गर्दै वेल घेराउ गर्न पुगेका थिए। कांग्रेस सांसदहरुको विरोधपछि राष्ट्रियसभाको बैठक आधा घण्टाका लागी स्थगीत गरिएको छ।

यसअघि आजै बसेको पहिलो बैठकका पनि कांग्रेस सांसदहरुले विरोध जनाएपछि बैठक १५ मिनेटका लागी स्थगीत गरिएको थियो।   


 

More form the Internet

loading...