Suvadin, Home

प्रधानमन्‍त्रीको बलमिच्याई र उपेन्द्र यादवको सत्ता मोह

उपेन्द्र यादव र प्रधानमन्‍त्री केपी शर्मा ओलीबीचको मनमुटाव बढ्दो छ । प्रधानमन्त्री ओलीले उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएपछि उनीहरूबीचको तिक्तता थप बढेको हो ।

काठमाडौं । उपेन्द्र यादव र प्रधानमन्‍त्री केपी शर्मा ओलीबीचको मनमुटाव बढ्दो छ । प्रधानमन्त्री ओलीले उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएपछि उनीहरूबीचको तिक्तता थप बढेको हो ।

उपप्रधानमन्त्री यादव विदेश भ्रमण (भारत) मा रहेकै बेला प्रधानमन्त्रीले उनलाई कानुन मन्‍त्रालयमा सरुवा गरेका थिए । पहिलेदेखि नै प्रधानमन्‍त्रीसँग रुष्ट यादव त्यसपछि थप रुष्ट बनेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार नौ मन्त्रीहरू परिवर्तन गर्दै यादवको विभाग हेरफेर गरिदिएका थिए । पाँच दिने भ्रमणका लागि यादव नयाँदिल्ली गएका थिए । मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीलाई अपमानित गरेको भन्दै उनी रूष्ट भएका हुन् । उनले भारतबाट फर्केसँगै पदबाट राजीनामा दिने बताइएको थियो । तर, यतिबेला उनले त्यसलाई आलटाल गर्दै आइरहेका छन्।

ओलीले यादवलाई सरकार छाडेर मार्ग प्रशस्त गर्न दबाब दिएको स्रोतको भनाई छ ।  सम्बन्धमा खटपट प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री यादवबीच महिनौदेखि सम्बन्ध चिसिएका थियो । 

संविधान संशोधनको नारा लिएर हिँडेका यादवलाई संविधान कार्यान्वयन गर्न निर्देशन दिने मन्त्रालयको जिम्मेवारी दिएपछि झन विवाद बल्झिएको छ । यादव र ओलीबीच यसअघिका दिनमा समेत बोलचाल बन्द रहेको चर्चा हुने गरेको थियो । 

मन्‍त्री यादवले सरकार नछाड्ने भएका छन् । उनलाई सत्ता छाड्न निकटस्थबाटै दबाब आएपनि नछाड्ने बताइएको छ । 

संविधान संशोधनको अन्तिम प्रयास गर्ने भन्दै यादवले तत्काल सरकार नछोड्ने तर्क गरेको बताइएको छ । 

उनी मधेशी जनअधिकार फोरमको अध्यक्ष हुँदा रौतहटको गौरमा भएको हिंसाको फाइल खोलिने विषय उठेको छ । यादवले सरकार छाड्नेवित्तिकै यो विषयको अनुसन्धान अगाडि बढ्नसक्ने देखेर अपमान सहेर भएपनि सरकारमा बस्न चाहेको स्रोतको बुझाई छ ।


 

More form the Internet

loading...